close

डेढ महिनाभित्र टिकटक आफ्नो बनाउने माइक्रोसफ्टको योजना

टेकपाना टेकपाना

साउन २०, २०७७ ९:३०

डेढ महिनाभित्र टिकटक आफ्नो बनाउने माइक्रोसफ्टको योजना

काठमाडौं । टिकटकलाई ठेगान लगाउने आफ्नो बाचामा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प खरो रुपमा उत्रिरहेका छन् । उनले चिनियाँ कम्पनी बाइटड्यान्सलाई टिकटकको स्वामित्व अमेरिकी कम्पनीलाई बिक्री गर्न बाध्य पारेका छन् । 

माइक्रोसफ्टले अघिल्लो रात एउटा ब्लग पोस्ट जारी गर्दै टिकटकको स्वामित्व खरिद बारे बाइटड्यान्ससँगको छलफललाई पुष्टि गरेको छ । कम्पनीका सीईओ सत्या नाडेलाले उक्त विषयमा राष्ट्रपति ट्रम्पसँग छलफल गरेका छन् ।

यो सम्झौता सेप्टेम्बर १५ भन्दा अगाडि सम्पन्न भइसक्ने कम्पनीको जारी ब्लग पोस्टमा बताइएको छ । यो अधिग्रहणपछि टिकटक अमेरिका, क्यानडा, न्युजिल्याण्ड र अष्ट्रेलियामा चल्न पाउनेछ । माइक्रोसफ्टले अन्य अमेरिकी लगानीकर्ताहरुलाई पनि अल्पसंख्यक शेयरधनीको रुपमा भित्र्याउने बताएको छ । 

‘राष्ट्रपतिको चासोलाई सम्बोधन गर्नुपर्ने महत्वको माइक्रोसफ्ट कम्पनी कदर गर्दछ,’ कम्पनीले आफ्नो ब्लग पोस्टमा लेखेको छ, ‘पूर्णरुपमा सुरक्षा समीक्षाको अवश्यकता रहेको टिकटकको स्वामित्व अधिग्रहण गर्न तथा अमेरिकालाई आर्थिक मुनाफा दिलाउन माइक्रोसफ्ट प्रतिबद्ध छ ।’ 

यदि बाइटड्यान्ससँगको छलफल सफल भयो भने कम्पनीले टिकटकलाई विश्वस्तरीय सुरक्षा, गोपनीयता र डिजिटल सुरक्षा प्रदान गर्ने बताएको छ । यद्यपी यो सम्झौता भंग हुने प्रबल सम्भावना पनि छ ।

किनभने टिकटकमाथि प्रतिबन्ध लगाएर टिकटकलाई धराशायी बनाउने राष्ट्रपति ट्रम्पको निर्देशनमा माइक्रोसफ्टले यो सम्झौता गर्न लागेको हो । टिकटकसँगको सम्झौता सम्पन्न नहुँदासम्म कम्पनीले कुनै पनि थप अपडेट तथा जानकारी जारी नगर्ने योजना बनाएको छ ।

एजेन्सीको सहयोगमा ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३