close

डिस्ट्रिब्युटर र बिक्रेतालाई जोड्ने डेल्टा टेकको रिटेलर एप, यसरी गर्नुहोस् प्रयोग

टेकपाना टेकपाना

साउन २१, २०७७ २०:१४

डिस्ट्रिब्युटर र बिक्रेतालाई जोड्ने डेल्टा टेकको रिटेलर एप, यसरी गर्नुहोस् प्रयोग

काठमाडौं । डेल्टा टेक प्रालीले डिस्ट्रिब्युटर र बिक्रेतालाई उपयोगी हुने मोबाइल एप सार्वजनिक गरेको छ । बिराटनगरमा मुख्य कार्यालय रहेको कम्पनीले सप्लाई चेन व्यवस्थित गर्न नेपालमै पहिलो पटक यस्तो एप ल्याएको हो ।

मूख्यतः एफएमसीजी (फास्ट मुभिङ कञ्जुमर गूड्स) अर्थात किराना सामग्री डिस्टिब्युरलाई लक्षित गर्दै ल्याइएको यो एपमार्फत उत्पादक तथा डिस्ट्रिब्युटरले आफ्नो सप्लाई चेन व्यवस्थित गर्न सक्नेछन् । रिटेलर तथा किराना पसलहरुले रिटेलर एपमार्फत आफ्ना सम्बन्धित डिस्टिब्युटरबाट सोझै अर्डर गर्न सक्ने सुविधा यो एपमा रहेको छ । 

हालको अवस्थामा म्यानुफ्याक्चर तथा डिस्टिब्युटरका एजेन्टले रिटेलरकोमा गएर सेल्स सफ्टवेयरमा अर्डर प्लेसमेन्ट गर्दै आएका छन् । तर अब भने साना किरानाले नै सोझै एपबाट अर्डर गर्न सक्ने भएका हुन् । 

सम्बन्धित उत्पादक तथा डिस्ट्रिब्युटरसँग उपलब्ध उत्पादनको जानकारी, मूल्य, छूट सुविधा, स्किम लगायतकाा विवरण समेत यही एपमा नै हेर्न सकिने व्यवस्था मिलाइएको छ । यो एपमार्फत डिस्ट्रिब्युटरहरुले आफ्नो छुट्टै सप्लाई चेन तयार पार्न सक्नेछन् ।

जसका लागि डिस्टिब्युटरहरुलाई छुट्टा छुट्टै वेब एक्सेस प्रदान गरिने कम्पनीले जनाएको छ । प्राप्त अर्डरको डेलिभरी पश्चात रकम भुक्तानी भएको वा ड्यू रहेको विषय समेत डिस्ट्रिब्युटर र बिक्रेता दुवै तर्फबाट हेर्न सकिने कम्पनीका मार्केटिङ एक्जिक्युटिभ राहिलकुमार साहले जानकारी दिए ।

‘यसका लागि सामान डेलिभरी भइसकेपछि डिस्ट्रिब्युटरले त्यसको रेकर्ड सिस्टममा अपडेट गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘यसरी डिस्ट्रिब्युटरले निश्चित बिक्रेतासँग भुक्तानी क्लियर भएको वा ड्यू बसेको विवरण समेत हेर्न सक्छन् ।’ 

भुक्तानीको फिचर समेत समावेश रहेको यो एपको वेब प्यानल एक्सेस हाललाई (६ महिनाका लागि) निःशूल्क गरिएको छ । निश्चित महिनापछि भने यसलाई सःशूल्क बनाउने कम्पनीको योजना छ । तर त्यसको मूल्य भने तोकिएको छैन । रिटेलर तथा किरानाले भने यो एप सधैंका लागि निःशूल्क रुपमा डाउनलोड तथा प्रयोग गर्न सक्नेछन् ।

यसरी गर्नुहोस् प्रयोग

  • यहाँ क्लिक गरी एण्ड्रोइडमा डेल्टा रिटेलर एप डाउनलोड गर्नुहोस् । आईओएसका लागि भने छुट्टै एप तयार भइसकेको छैन ।
  • एप खोल्ने वित्तिकै लगईन भाय ईमेल बटनमा ट्याप गर्नुहोस् । 
  • अब आफ्नो ईमेल आईडी राख्नुहोस् र अकाउण्ट क्रियट गर्नुहोस् ।
  • अकाउण्ट क्रियट हुने वित्तिक्कै तपाईंको प्रोफाइलमा सिक्रेट कोड देखा पर्नेछ ।
  • त्यस्तो कोड आफ्नो सम्बन्धित डिस्ट्रिब्युटरलाई उपलब्ध गराउनुहोस् ।
  • डिस्ट्रिब्युटरले यस्तो सिक्रेट कोड आफ्नो पहुँच रहेको वेब कण्ट्रोल प्यानलमा राख्नुपर्ने हुन्छ ।
  • यति गरेपछि सम्बन्धित डिस्टिब्युटरका सबै प्रडक्ट तपाईंको मोबाइल एपमा देखा पर्नेछन् ।

वेब एक्सेसका लागि लागि के गर्ने ?

  • उत्पादक तथा डिस्ट्रिब्युटरले यहाँ क्लिक गरी डेल्टा टेकको वेबसाइटमा जानुपर्ने हुन्छ ।
  • वेबपेज खुलिसकेपछि त्यसमा तपाईंले रिक्वेस्ट डेमो बटन देख्नुहुनेछ, त्यसमा क्लिक गर्नुहोस् ।
  • अब त्यहाँ आफ्नो नाम, ईमेल, फोन नम्बर, देश लगायतको आवश्यक विवरण भर्नुहोस् र सबमिट गर्नुहोस् ।
  • यति गरेपछि यसको रिक्वेस्ट डेल्टा टेककहाँ पुग्नेछ । त्यसपछि कम्पनीले नै तपाईंलाई फलोअप गरी वेब एक्सेस उपलब्ध गराउनेछ ।
  • यहाँ क्लिक गरेर रिटेलर एप डाउनलोड गरेर समेत कम्पनीबाट वेब प्यानलको एक्सेसका लागि अनुरोध गर्न सकिनेछ ।

हाल एपको प्रारम्भिक भर्सन प्ले स्टोरमा उपलब्ध भए पनि पूर्ण फिचर सहितको एप भने शुक्रबारदेखि मात्रै लाइभ हुने कम्पनीले बताएको छ ।

शाहका अनुसार माग बढ्दै गए आईओएसका लागि समेत एप ल्याउने कम्पनीको योजना छ । उनले भने, ‘यो एपबाट डिपार्टमेन्टल स्टोर, रिटेल चेन, किराना, डिस्टिब्युटर, आउटलेट लगायतले लाभ उठाउन सक्नेछन् ।’ 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३