close

दूरसञ्चार प्रदायकको सेवामा सहजीकरण गरिदिन गृहलाई नियामकको पत्र

टेकपाना टेकपाना

साउन २३, २०७७ १७:४०

दूरसञ्चार प्रदायकको सेवामा सहजीकरण गरिदिन गृहलाई नियामकको पत्र

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोनाभाइरसको महामारी बढ्दै गएसँगै अत्यावश्यक बाहेकका कार्यालय बन्द गर्ने निर्णय सरकारले गरेको छ । शुक्रबार काठमाडौं, भक्तपुर र ललितपुर गरी उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित तीनै जिल्लाका जिल्ला समन्वय समितिको बैठकले उपत्यकामा आइतबारदेखि सबै सरकारी, गैरसरकारी तथा निजी कार्यालयका कामहरु सम्भव भएसम्म नियन्त्रित गर्ने निर्णय गरेको छ ।

सरकारले कोरोना नियन्त्रणका लागि भन्दै बिहीबारदेखि नै जोर बिजोर प्रणाली लागु गरिसकेको छ । यस्तो अवस्थामा अत्यावश्यकीय दूरसञ्चार सेवामा कुनै अवरोध हुन नदिन भन्दै नियाकले सहजीकरणको प्रयास थालेको हो ।

दूरसञ्चार क्षेत्रको नियामक निकायको रुपमा रहेको नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबार नै गृह मन्त्रालयलाई पत्राचार गर्दै यो क्षेत्रमा प्रयोग हुने गाडीको आवागमनमा सहजीकरण गरिदिन आग्रह गरेको छ ।

‘दूरसञ्चार सेवा चौबीसै घण्टा सातै दिन सुचारु राख्नुपर्ने हुन्छ,’ उक्त पत्रमा लेखिएको छ, ‘यस्तो अवस्थामा प्राधिरणबाट दूरसञ्चार सेवा सञ्चालनको अनुमतिपत्र प्राप्त मोबाइल तथा इन्टरनेट सेवाप्रदायकका गाडी र कर्मचारीको हकमा कम्पनीको परिचयपत्रको आधारमा आवतजावतमा सहजीकरण गरिदिनुहुन आग्रह गरिन्छ ।’ प्राधिकरणले यो पत्र महानगरिय ट्राफिक प्रहरी कार्यालयलाई समेत बोधार्थ गरेका छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३