close

एनआईसी एसिया बैंकले भित्र्यायो अन्तर्राष्ट्रिय पेमेन्ट गेटवे ‘साइबरसाेर्स’

टेकपाना टेकपाना

भदौ १, २०७७ १२:३८

एनआईसी एसिया बैंकले भित्र्यायो अन्तर्राष्ट्रिय पेमेन्ट गेटवे ‘साइबरसाेर्स’

काठमाडौं । एनआईसी एसिया बैंकले डिजिटल कार्डमा आधारित अनलाइन भुक्तानी गेटवे सुचारु गरेको छ । देशभर फैलिएका शाखा सञ्जालमार्फत आफ्ना ग्राहकमाझ यो सेवा दिन बैंकले अन्तर्राष्ट्रिय गेटवेप्रदायक कम्पनी ‘साइबरसाेर्स’ नेपालमा भित्र्याएकाे छ ।

याे गेटवे प्रणाली नेपालमा भित्र्याउँदै इच्छुक मर्चेन्टहरूका लागि जुनसुकै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंकद्वारा प्रदान गरिएको कार्डहरूमार्फत भुक्तानी प्राप्त गर्न सक्ने प्रणाली सुचारु गरिएकाे बैंकले जनाएकाे छ ।

अमेरिकाको बहुराष्ट्रिय कार्ड कम्पनी भिसाको प्रमुख लगानी रहेको यस गेटवे प्रणाली नेपालमा एनआईसी एसियाले पहिलोपटक ल्याएको हो । अमेरिका, चीन, भारतलगायत एसिया, युरोप र अफ्रिकाका विभिन्न देशमा याे गेटवे प्रणाली प्रयाेगमा रहेकाे जनाइएकाे छ।

गेटवे प्रणालीमार्फत ठूलो संख्यामा रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्ड प्रयोगकर्ताहरूसँग देशमा रहेका विभिन्न मर्चेन्टहरूले व्यावसायिक सम्बन्ध कायम गरी सोझै आफ्नो एनआईसी एसिया बैंक खातामा भुक्तानी प्राप्त गर्न सकिने छ ।

बैंकले नेपालकै पहिलाे डिजिटल फस्ट बैंक बन्ने रणनीतिअनुसार याे सुविधा ल्याएकाे जनाएकाे छ ।

यसबाट अनलाइन प्लेटफर्ममा आधारित ईकमर्श ट्राभल र टुर्स, हवाई उड्डयन, युटिलिटी सेवा प्रदायक, भुक्तानी सेवाप्रदायक, पर्यटन व्यवसायी, एडभेन्चर तथा मनोरञ्जन, हस्तकलालगायतका व्यवसायीहरूलाई भुक्तानी प्रणालीमा नयाँ आयाम थप्ने विश्वास बैंकले लिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०