close

नेपाल पे क्यूआर मार्फत बिग मार्टमा सामान किन्दा १० प्रतिशत छुट

टेकपाना टेकपाना

पुस २९, २०८० १६:१७

नेपाल पे क्यूआर मार्फत बिग मार्टमा सामान किन्दा १० प्रतिशत छुट

काठमाडौं । नेपाल पे क्यूआर स्क्यान गरी बिगमार्टमा भुक्तानी गर्दा छुट पाइने भएको छ । माघ १ देखि बिगमार्टका सम्पूर्ण स्टोरहरूमार्फत यो सुविधा लिन सकिने भएको हो ।

यसअन्तर्गत सामान खरिद गर्दा नेपाल पे क्यूआर स्क्यान गरे १० प्रतिशत (अधिकतम १०० रुपैयाँसम्म) छुट मिल्नेछ ।​ बिग मार्टको जाडो अफर अन्तर्गत सीमित अवधिका लागि यो सुविधा सञ्चालन भएको बताइएको छ ।

ग्राहकले आफूसँग भएको कुनै पनि वाणिज्य बैंक, विकास बैंक वा फाइनान्स कम्पनीहरूको मोबाइल बैंकिङ, वालेट वा कनेक्ट आईपीएस प्रयोग गरी नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: पुस २९, २०८० १६:१७