close

आफ्ना २,११० कर्मचारीको पीसीआर परीक्षण गर्दै टेलिकम

टेकपाना टेकपाना

भदौ १७, २०७७ १०:१२

आफ्ना २,११० कर्मचारीको पीसीआर परीक्षण गर्दै टेलिकम

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार सेवाप्रदायक कम्पनी नेपाल टेलिकमले करिब ८१ लाख रुपैयाँमा २,११५ कर्मचारीको पीसीआर परीक्षण गराउने भएको छ । कम्पनीले काठमाडौं उपत्यका भित्र र बाहिरका लागि भन्दै उक्त मुल्यमा दुई वटा कम्पनीलाई कोरोना परीक्षण गर्ने ठेक्का दिएको हो । 

गएको भदौ ५ गते सिलबन्दी दरभागपत्र माग गरेको सूचनाका आधारमा प्राप्त दरभाउपत्र अनुसार नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले १५ भदौमा दुई वटा कम्पनीको प्रस्ताव स्वीकृत गर्ने निर्णय गरेको  छ । जसअनुसार काठमाडौं उपत्यकामा बी एण्ड बी अस्पतालले कम्पनीका १०८५ कर्मचारीको पीसीआर परीक्षण गर्नेछ । 

जस वापत अस्पतालले टेलिकमबाट ३७, लाख ८६ हजार ६५० रुपैयाँ पाउनेछ । यसैगरी उपत्यका बाहिर १०२५ जना कर्मचारीको पीसीआर टेस्ट गर्ने कामको जिम्मा बिध म्यानेजमेन्ट प्रालिले प्राप्त गरेको छ । जसका लागि कम्पनीले ४३ लाख पाँच हजार रुपैयाँ कबोल गरेको छ ।

यस अनुसार कम्पनीले पीसीआर परीक्षणका लागि उपत्यका बाहिर प्रतिव्यक्ति ४२ सय रुपैयाँ र उपत्यकाभित्र ३४९० रुपैयाँ खर्च गर्नेछ । हाल सरकारले पीसीआर परीक्षणको शुल्क ४४०० रुपैयाँभन्दा बढी लिन नपाउने व्यवस्था गरेको  छ। 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०