close

डिशहोमले च्यानल नं. ११९ मा मैथिली सिरियल प्रसारण गर्ने

टेकपाना टेकपाना

भदौ २०, २०७७ १६:२१

डिशहोमले च्यानल नं. ११९ मा मैथिली सिरियल प्रसारण गर्ने

धनुषा । डिशहोमका लागि विजय लक्ष्मी मिडिया फाउन्डेशनद्वारा निर्मित मैथिली टेली सिरियल मिथिलाञ्चलीको प्रिमियर शो समपन्न भएको छ ।

जनकपुरमा भएको प्रिमियर शोमा विजय लक्ष्मी मिडिया फाउन्डेशनका अध्यक्ष एवं मिथिलाञ्चली सिरियलका निर्देशक संतोषलाल दासको अध्यक्षता तथा प्रदेश नं २ का आन्तरिक मामिला एवं कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवको प्रमुख आतिथ्यता रहेकाे थियाे ।

कार्यक्रममा मिथिलाञ्चली टेलि सिरियलको प्रिमियर देखाइएको थियो । साे अवसरमा बाेल्दै मन्त्री यादवले यो मैथिली सिरियलमा प्रदेश २ सरकारको साथ र सहयोग रहने बताए ।

त्यस्तै डिशहोमका सुपरभाइजर शिवराम मण्डलले डिशहोम नेटवर्क सधै मैथिली लोक कला संस्कृतिको पक्षमा रहेकाे र यसलाई संरक्षण एवं प्रवर्धन गर्न तत्पर रहने प्रतिबद्धता व्यक्त गरे ।

मैथिली टेली सिरियल मिथिलाञ्चली हरेक हप्ता शुक्रबार बेलुकी ८ बजे डिशहोमको च्यानल नं. ११९ भोजपुरी म्याजिकमा हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०