close

एन्ड्रोइड इलाभेनका लागि ओप्पोले ल्यायो नयाँ कलर अपरेटिङ सिस्टम, यस्ता छन् आकर्षक फिचर

टेकपाना टेकपाना

भदौ ३०, २०७७ २०:४४

एन्ड्रोइड इलाभेनका लागि ओप्पोले ल्यायो नयाँ कलर अपरेटिङ सिस्टम, यस्ता छन् आकर्षक फिचर

काठमाडौं । ओप्पोले कलर ओएस इलाभेन विश्वव्यापी रुपमा सार्वजनकि गरेको छ । एन्ड्रोइड इलाभेनमा उपलब्ध फिचरलाई समेत समावेश गर्दै कम्पनीले कलर ओएस सार्वजनकि गरेको हाे । योसँगै ओप्पका प्रयोगकर्ताले एन्ड्रोइड इलाभनेको मज्जा लिन पाउने भएका छन् ।

यूआई कस्टमाइजेशन सुविधासहितको कलर ओएस इलाभेनमार्फत प्रयोगकर्ताले आफ्नो चाहना अनुसार अल्वेज–अन डिस्प्ले, थिम, वालपेपर तथा फन्ट, आइकन र रिङटोनको चयन गर्न सक्छन् । नयाँ अपडेटमा एन्ड्रोइडको पछिल्लो डार्क मोड प्रभावकारी बनाएको छ ।

ओप्पो कलर ओएस डिजाइन प्रोजेक्टका लिड लिन्ना नीले भने, ‘कलर ओएस इलाभेनमा पर्सनलाइज्ड यूआई उपलब्ध गराइएको छ । जसमार्फत प्रयोगकर्ताले आफूले चाहेअनुसार फोनमा नियन्त्रण बनाउन सक्नेछन् ।’

मल्टी–टास्किङका लागि ओएस इलाभने अझ प्रभावकारी हुने उल्लेख गरिएको छ । यसमा प्रयोगतर्काले भिडियो हेर्दै म्यासेज गर्न सक्ने सुविधा पनि उपलब्ध रहेको छ ।

यसमा ब्याट्रीलाई लामो समयसम्म टिकाउने सोचका साथ नयाँ सुपर पावर सेभिङ मोड पनि दिइएको छ । प्रयोगकर्ताको सुरक्षा र गोपनीयताका लागि फोनमा प्राइभेट मोड बनाउन सकिने सुविधा दिएको छ, जसलाई फिङ्गरप्रिन्ट वा पासवर्डले नियन्त्रण गर्न सकिनेछ ।

ओप्पोका यी फोनमा उपलब्ध हुनेछ कलरओएस इलाभेन

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०