close

कलेजमा एआईको माइक्रो डिग्री शिक्षा विस्तार गर्दै फ्युज मसिन

टेकपाना टेकपाना

असोज ३, २०७७ ९:५९

कलेजमा एआईको माइक्रो डिग्री शिक्षा विस्तार गर्दै फ्युज मसिन

काठमाडौं । एआई सीप तथा शैक्षिक समाधान प्रदान गर्दै आएको फ्युज मसिनले एआईमा आधारित शिक्षा प्रदान गर्ने गरी ललितपुरकाे पाटन कलेज प्रोफेसनल स्टडिज (पीसीपीएस) सँग सहकार्य गरेको छ ।

पीसीपीएसको पाठ्यक्रममा एआईमा माइक्रो डिग्री शिक्षा कार्यक्रम प्रदान गर्ने गरी साझेदारी गरिएको कम्पनीले जनाएको छ ।

पीसीपीएस कलेजले फ्युज मेसिन्सको सहयोग मार्फत माइक्रो डिग्री कोर्सको साथ कलेजको स्नातक तहमा बीएससी (अनर्स ) इन कम्प्युटर विज्ञान र सफ्टवेयर ईन्जिनियरिङ्ग डिग्री प्रदान गर्नेछ ।

युवालाई एआईमा भविष्य बनाउन र विश्वव्यापी एआईमा भइरहेको मागलाई पुरा गर्ने उद्देश्यका साथ यसको सुरुवात गरिएको उल्लेख गरिएको छ ।

‘विश्वव्यापी एआई प्रतिभाको अभाव छ, र नेपाल जस्ता विकास उन्मुख देशहरू यसको शिक्षामा पिछडिएका छन,’ फ्युजमेसिन्सका संस्थापक तथा सीईओ प्राेफेसर डक्टर समीर मास्के भन्छन, ‘यसले कसरी हामीले स्कुल र कलेजहरूको स्तरबाट विस्तृत एआई प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नुपर्नेछ ।

माइक्रो डिग्री कोर्स विश्वव्यापी प्रविधि उद्योगको परिवर्तनशील माग र आवश्यकतालाई ध्यानमा राखी डिजाइन गरिएको कोर्स भएकाे उनले बताए ।

नेपाल र विश्वभरि एआई ईन्जिनियरको बढ्दो माग पुरा गर्न कलेज र विश्वविद्यालयले एआई कोर्स पाठ्यक्रममा समावेश गर्न आवश्यक छ । तसर्थ हामीले पीसीपीएस कलेजसँग यसको सुरुवात गरेका हौं ।’

माइक्रो डिग्री एआई शिक्षा कार्यक्रम फयुज मेसिन्सको बृहत एआई शिक्षा कार्यक्रम हो । जुन प्रोप्राइटरी पाठ्यक्रम र अनलाइन शिक्षा प्लेटफर्म हुनुका साथ साथै मिश्रित फ्लिप्ड गरिएको कक्षाकोठा मोडेल समावेश गरिएको छ ।

यो कार्यक्रम अमेरिकाको अग्रणी विश्वविद्यालय संकाय सदस्य र एआई उद्योग विशेषज्ञद्वारा सिर्जना गरिएको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०