close

चर्चित व्यक्तिका अकाउन्ट ह्याक हुन थालेपछि यस्तो सुरक्षा फिचर ल्याउँदै ट्वीटर

टेकपाना टेकपाना

असोज ४, २०७७ १२:४४

चर्चित व्यक्तिका अकाउन्ट ह्याक हुन थालेपछि यस्तो सुरक्षा फिचर ल्याउँदै ट्वीटर

काठमाडौं । ट्वीटरले केही प्रबुद्ध व्यक्तिहरुको ट्वीटर अकाउण्टलाई थप सुरक्षा प्रदान गर्ने भएको छ । केही समयअघि बाराक ओबामा, एलाेन मस्क, बिल गेट्स लगायतका व्यक्तिहरुको ट्वीटर ह्याक भएको थियो ।

त्यसयता कम्पनीको सुरक्षाको विषयमाथि प्रश्न उठ्दै आएको छ । कम्पनीले अब भने त्यस्ता व्यक्तिहरुको ट्वीटर अकाउण्टमा थप सुरक्षा प्रदान गर्ने भएको हो ।

कम्पनीले विशेष गरी अमेरिकामा आउँदो चुनावलाई लक्षित गर्दै यो कदम चालेको हो ।

ट्वीटरले उल्लेख गरेकाे छ, ‘हामीले यसअघि भएका घटनाबाट पाठ सिकेर याे कदम चालेका हाैं । यसले चुनावको समयमा त्यस्ता व्यक्तिलाई सहयोग पुर्‍याउनेछ भन्ने हाम्रो विश्वास हो ।’

यसका लागि ‘प्रोएक्टिभ इन्टरनल सेक्युरिटी सेफ गार्ड’ प्रयोग गर्ने कम्पनीकाे तयारी छ, जसले चुनावसँग सम्बन्धित अकाउण्टलाई सुरक्षित राख्न मद्धत गर्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०