close

टिकटक-ओराकलको साझेदारी ट्रम्पद्वारा अनुमोदन, अब चीन सरकारको स्वीकृति आवश्यक

टेकपाना टेकपाना

असोज ४, २०७७ १२:१३

टिकटक-ओराकलको साझेदारी ट्रम्पद्वारा अनुमोदन, अब चीन सरकारको स्वीकृति आवश्यक

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लोकप्रिय एप टिकटकको अमेरिकी अपरेसनमा ओराकल कम्पनीको बिडलाई अनुमोदन गरेका छन् । 

ब्लुमबर्गका अनुसार ट्रम्पले शनिबार उक्त सम्झौताका लागि आफ्नो आशिर्वाद रहेको बताएका छ्न । ट्रम्पले भनेका छन्, ‘यो डिलको अवधारणालाई म अनुमोदन गर्छु ।’

ट्रम्प प्रशासनले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै टिकटकलाई अमेरिकामा बन्द गर्ने चेतावनी दिएपछि टिकटकको अमेरिकी अपरेसनले अभिभावक कम्पनी बाइटड्यान्ससँग आफ्नो सम्बन्ध तोडेको थियो । 

टिकटकको यो डिल सम्पन्न भएको खण्डमा टिकटक ग्लोबल सुरु हुने गत हप्ता अमेरिकी अर्थमन्त्री स्टिभन मुनचिनको वक्तव्यमा उल्लेख थियो । 

ट्रम्पले नयाँ कम्पनीको मुख्यालय टेक्ससमा हुने बताएका छन् । नयाँ कम्पनीले २५ हजार मानिसहरुलाई रोजगारी दिने र पाँच अर्ब डलरको लगानी अमेरिकी शिक्षा क्षेत्रमा गर्ने बताएका छन् ।

टिकटकको अमेरिकी अपरेसन अहिले लस एन्जलसमा आधारित छ ।

अमेरिकामा चिनियाँ टेक कम्पनीको कामलाई अवरोध पुर्‍याउन ट्रम्प प्रशासन निरन्तर लागिरहँदा, गत शुक्रबार अमेरिकी नागरिक अधिकार युनियन र फेसबुकको इस्टाग्रामका प्रमुखले वक्तव्य जारी गर्दै उक्त प्रस्तावित सम्झौताको विरोध गरेका छन् । 

चिनियाँ प्रभावलाई रोक्न अमेरिकी सरकारले ल्याएको कानुनी व्यवस्थाले टिन्सेन्टको अधिनमा रहेका धेरै अमेरिकी गेमिङ कम्पनीहरु पनि घाटामा जाने गरेको यी संस्थाहरुको भनाइ छ । 

याे बिड अघि बढ्न चीन सरकारकाे समेत अनुमाेदन जरूरी छ, जुन सजिलै हुने संकेत छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०