close

गोपनीयताका लागि फेसबुक बाहेकका यी उत्कृष्ट म्यासेजिङ एप

टेकपाना टेकपाना

असोज ५, २०७७ १४:१

गोपनीयताका लागि फेसबुक बाहेकका यी उत्कृष्ट म्यासेजिङ एप

काठमाडौं । फेसबुकले अहिले विश्वकै सबैभन्दा ठूलो म्यासेजिङ एप सञ्चालन गर्दछ । फेसुबकले इन्स्टाग्राम र ह्वाट्सएप दुवैको स्वामित्व लिएको छ । यसबाहेक अर्को ठूलो सञ्जाल म्यासेन्जर त सुरुवातदेखि नै फेसबुकसँग थियो । 

यो डिजिटल युगमा आएका धेरै म्यासेजिङ एपहरु विभिन्न लुप्होल, सेक्युरिटी भल्नरेबिलिटीका कारण असुरक्षित छन् । यद्यपि हामीसँग केही यस्ता गैरफेसबुक म्यासेजिङ एपहरु पनि छन् जुन सुरक्षित, गोप्य र विश्वसनीय छन् । 

१. सिग्नल

सिग्नल एप फेसबुकका म्यासेजिङ एपहरुका तुलनामा एकदमै राम्रो छ । यो एप फेसबुकजस्तै नि:शुल्क छ । यो एन्ड्रोइडआईओएस दुवैमा उपलब्ध छ । यसबाहेक म्याकपीसीहरुमा पनि यो एप उपलब्ध छ ।

यसबाट तपाईंले टक्स्ट म्यासेज पठाउन, भ्वाइस र भिडियो कल गर्नका साथै भ्वाइस मिमो पठाउन, ग्रुप च्याट गर्न सक्नुहुन्छ । यो एप्पलको आई म्यासेज जस्तै छ । 

सिग्नल एउटा स्वत्नत्र र गैरनाफामुलक कम्पनी हो । यसकारण विज्ञहरु यो एपको प्रयोग गर्न सुझाव दिन्छन् । यसले प्रयोगकर्ताहरुको कुनै पनि जानकारी स्टोर गरेर राख्नैन ।

साथै यो एपबाट गरिएका सबै कुराकानीहरु इन्क्रिप्सन हुन्छ । यदि कुनै कानुन अभियोजनकर्ताले सिग्नलसँग कुनै कुराको माग गर्‍यो भने अधिकारीहरुलाई दिन पनि सिग्नलसँग केही हुँदैन । 

सिग्नलमा लेखिएका म्यासेज कसैले पढ्न सक्दैन र दुई प्रयोगकर्ताबीचको कुराकानी पनि अरु कसैले सुन्न सक्दैन । सिग्नलमा कुनै पनि ट्रयाकिङ सिस्टम छैन र यसमा कुनै बजार र विज्ञापन पनि हुँदैन । 

२. आई म्यासेज 

एप्पलको आई म्यासेज एउटा विश्वासनीय र सुरक्षित म्यासेजिङ एप हो । म्याक डिभाइसका लागि यो हाेम एप हो । यसबाट तपाईंले टेक्स्ट म्यासेज, भिडियो, गिफ र भ्वाइस मिमो पठाउन सक्नुहुन्छ।

जब दुई म्याक प्रयोगकर्ताहरु यो एप प्रयोग गरिरहेका हुन्छन्, तब म्यासेज आउँदा प्रयोगकर्ताले निलो बबल देख्नसक्नुहुन्छ । यसबाट आदानप्रदान हुने म्यासेज डिफल्ट एण्ड टु एण्ड इन्क्रिप्सन हुन्छ । 

तर यो सिग्नल वा अन्य एप जस्तो जुनसुकै डिभाइसमा चल्न सक्दैन यसका लागि तपाईंलाई एप्पल डिभाइस नै आवश्यक पर्दछ ।

३. गूगल डुओ

गूगल कम्पनी कहिल्यै पनि गोपनीयता मैत्री बन्न सकेन । तर यसको गूगल डुओ नामको एउटा प्रोडक्ट एउटा यस्तो एप हो, जुन गोपनीयताको अवधारणामा अडिएर काम गर्दछ ।

यो एप आईओएसएन्ड्रोइड दुबैमा उपलब्ध छ ।  यसबाट तपाईले धेरै जनासँग भिडियो कल गर्नसक्नुहुन्छ । 

सिग्नल भिडियो कल जस्तै डुओको भिडियो कल पनि इन्क्रिप्ट हुन्छ । तर यसले आफ्नाे प्रयोगकर्ताकाे धेरै मेटाडेटा संकलन गर्ने बताइएको छ ।

मोजिल्ला फाउन्डेसनले आफ्नो रिपोर्टमा गूगलले डुओबाट आफ्ना प्रयोगकर्ताहरुको नाम, जन्ममिति, लिङ्ग, फोन नम्बर, ईमेल, लोकेसन, प्रयोगकर्ताले एड गरेको सम्पर्क नम्बर र प्रयोग गर्ने एप सम्बन्धि डेटाहरु राख्दछ । 

४. जूम 

जूम एप बजारमा आइसकेपछि यसले लोकप्रियता कमाएसँगै सुरक्षा कमजोरीका कारण आलोचना पनि खेप्नुपर्‍यो । यद्यपि जूमको कम्पनीले यसलाई सुरक्षित बनाउने र सम्पूर्ण कमजोरीलाई निराकरण गर्दे जाने वाचा गरेको छ । 

कोरोना भाइरसका कारण मानिसहरु लकडाउनभित्र थुनिँदा भिडियो कन्फ्रेन्सका लागि यसको धेरै प्रयोग हुने गरेको थियो । सुरुवातमा गोपनीयताको विषयलाई लिएर यसले गम्भीर चिन्ताहरु खेप्नु परेपछि त्यसलाई सम्बोधन गर्न यसले राम्रो कदमहरु चालेको थियो । 

जूमले सबै प्रयोगकर्ताहरुलाई एण्ड टु एण्ड इन्क्रिप्सन प्रदान गर्दछ । तर यो डिफल्ट इनेबल छैन । यसमा दुबै नि:शुल्क र सशुल्क भर्सन पाउन सकिन्छ ।

सशुल्कका लागि तपाईंले मासिक १४.९९ डलर भुक्तानी गर्नुपर्नेछ । यो एप एन्ड्रोइडआई‌ओएस दुवैमा उपलब्ध छ ।  

यदि तपाईं फेसबुकका म्यासेजिङ एपहरुको गोपनीयता कमजोरीबाट मुक्त हुन चाहनुहुन्छ भने माथि उल्लेखित एपहरु तपाईंका लागि सबैभन्दा राम्रा विकल्प हुन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०