close

ह्वावे कनेक्ट २०२० सुरू: डिजिटल रूपान्तरणका पाँच रणनीति सार्वजनिक

टेकपाना टेकपाना

असोज ८, २०७७ १९:२६

ह्वावे कनेक्ट २०२० सुरू: डिजिटल रूपान्तरणका पाँच रणनीति सार्वजनिक

काठमाडौं । बिहीबारदेखि चीनमा ह्वावेको कनेक्ट २०२० सुरु भएको छ । विश्वको आईसीटी उद्योगलाई लक्षित गरी हरेक वर्ष आयोजना हुने यस कार्यक्रम मार्फत कम्पनीले आफ्ना योजना सार्वजनिक गर्दै आएको छ ।

सन् २०१६ मा ह्वावेले याे कार्यक्रम मार्फत बौद्धिक विश्वको कल्पना गरेको थियो । कम्पनीले विश्वव्यापी साझेदारहरूलाई कोस्टारिकामा भएजस्तो ईकोसिस्टम मिलेर निर्माण गर्न आह्वान गरेको थियो ।

त्यस्तै सन् २०१७ मा ह्वावेले आफू विश्वको पाँच प्रमुख क्लाउड सेवा प्रदायकमध्ये एक हुने योजना सार्वजनिक गरेको थियो । त्यस्तै सन् २०१८ मा ह्वावेले आफ्नो आर्टिफिसियल इन्टिलिजेन्स (एआई) मा आधारित योजना प्रस्तुत गरेको थियो ।

सन् २०१९ मा कम्पनीकाे कम्प्युटिङ्ग सम्बन्धी रणनीति सार्वजनिक भएको थियो ।

सन् २०२० मा फाइभजीको विश्वव्यापी विस्तार भइरहेकाले कम्पनीले कनेक्टिभिटी, क्लाउड, एआई, कम्प्युटिङ्ग र आईसीटी उद्योग सबैलाई एकै ठाउँमा ल्याएको छ । यी सबैलाई एकै ठाउँमा ल्याएर कम्पनीले आईसीटी क्षेत्रको लागि अभूतपूर्व अवसरहरू सिर्जना गर्ने जनाएको छ ।

त्यसैले पनि कम्पनीले यस वर्ष ह्वावे कनेक्टको ध्यान पाँच टेक डोमेनमा रहेर नयाँ प्रभाव सिर्जना गर्ने रहेको छ । त्यसका लागि ह्वावेले उद्योगहरूमा आईसीटी टेक्नोलोजी प्रयोगमा ध्यान केन्द्रित गर्ने जनाएको छ ।

कम्पनीले आफ्ना साझेदारहरुको सहकार्यमा उनीहरुको आवश्यकता अनुसार समाधान प्रदान गर्दै उनीहरुको व्यवसायलाई बढाउन मद्धत गर्ने जनाएको छ ।

साथै सरकारले घरेलु उद्योगमा वृद्धिमा बनाएको रणनिती पुरा गर्न समेत मद्धत गर्ने उल्लेख गरिएको छ ।

‘फाइभ टेक डोमेनको सिनर्जीले नयाँ भ्यालु सिर्जना गर्ने विषमया बोल्दै कार्यक्रममा ह्वावेका रोटेटिङ चेयरम्यान गुओ पिंगले भने, ‘धेरै जसो सरकार र उद्यमहरू डिजिटल हुँदैछन् । एआईको प्रयोग गर्ने भएकोले आईसीटी क्षेत्रमा ठूलो अवसर छ । त्यसैले हामी हाम्रा साझेदारहरूसँग मिलेर यो नयाँ अध्याय अगाडि बढाउन चाहन्छौं ।’

के हुने छ ह्वावेले प्रस्ताव गरेका पाँच डोमेनमा काम ?

ह्वावेले नेटवर्क डोमेनमा ह्वावेले इन्टेलिजेन्ट कनेक्टिभिटीको अवधारणा प्रस्ताव गरेको छ । जसको उद्देश्य हाइपर–अटोमेटेड नेटवर्क प्रदान गर्नु हो ।

त्यस्तै कम्प्युटिङ्ग डोमेनमा ह्वावे ग्राहकहरुलाई विविध कम्प्युटिङ पावर उपलब्ध गराउन र हार्डवेयरबाट सफ्टवेयर अलग गर्दै यसको विभिन्न प्रोसेसिङका लागि आवश्यक पर्ने अनुकूलता प्रदान गर्ने प्रतिबद्धता रहेको छ ।

क्लाउड सेवा डोमेनमा ह्वावेले १५ लाख भन्दा बढी विकासकर्तालाई आकर्षित गर्दै विश्वव्यापी २३ वटा क्षेत्र स्थापित गरेको छ ।

त्यस्तै एआई डोमेनमा ह्वावेको लक्ष्य एआईलाई सरकार र उद्यमहरूको प्रमुख व्यापार प्रणालीको रुपमा विकास गर्नु रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०