close

ग्याजेटको हब नियो स्टोरको नयाँ वेबसाइट, दशैं छुटसहित निःशुल्क डेलिभरी

टेकपाना टेकपाना

असोज १५, २०७७ ११:३०

ग्याजेटको हब नियो स्टोरको नयाँ वेबसाइट, दशैं छुटसहित निःशुल्क डेलिभरी

काठमाडौं । सूचना प्रविधि, ग्याजेट तथा मनोरञ्जन सम्बन्धी विभिन्न प्रडक्ट अनलाइन बिक्री गर्दै आएको नियो स्टोरले नयाँ वेबसाइट सार्वजनिक गरेको छ । विभिन्न स्थानमा आफ्नै भौतिक स्वरुपका स्टोर सञ्चालन गरिरहेको कम्पनीले बिहीबार नयाँ वेबसाइट ल्याएको हो ।

नियोटेरिक नेपाल प्रालि अन्तर्गतको नियो स्टोरले पुरानो वेबसाइटलाई परिस्कृत गर्दै ग्राहकको सहजताका लागि नयाँ वेबसाइट सार्वजनिक गरेको हो । अन्तर्राष्ट्रिय ब्राण्ड डेल, लजिटेक, रापो, हायर लगायतका ब्राण्डको आधिकारिक वितरकको रुपमा समेत रहेको नियो स्टोर नेपालको ग्याजेट बजारका लागि एउटा हब नै हो ।

जसमा विश्वस्तरीय ब्राण्डका ग्याजेटहरु उपलब्ध रहेका छन् । जहाँबाट प्रयोगकर्ताले आफूलाई मन पर्ने ग्याजेट नयाँ अनुभवका साथ खरिद गर्न सक्ने कम्पनीकी प्रबन्ध निर्देशक हिमशिखा गाल्छाले बताएकी छिन् ।

गोल्छाका अनुसार ‘इजी टु बाई’ अर्थात सामान खरिदमा प्रयोगकर्तालाई सहजता प्रदान गर्ने उद्देश्यका साथ नयाँ वेबसाइट तयार पारिएको हो । ग्राहकले स्टोरको अनलाइनबाट सामान खरिद गर्दा त्यसमा कुनै किसिमको असहजता भोग्नु नपर्ने गरी मौलिक शैलीमा वेबसाइटको निर्माण गरिएको छ ।

यदि तपाईं टच एण्ड फिल सहित सामान खरिद गर्न चाहानुहुन्छ भने त्यसको व्यवस्था समेत रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार त्यस्ता ग्राहकले स्टोरको उपत्यका भित्र विभिन्न स्थानमा रहेका स्टोरमा गएर त्यसको अनुभव लिएर खरिद गर्न सक्नेछन् ।

साथै ग्राहकको सहजताकै लागि कम्पनीले विभिन्न प्रडक्टमा ईएमआई (किस्ताबन्दी) को सुविधा पनि उपलब्ध गराउँदै आएको छ । त्यसका लागि स्टोरले एनआईसी एसिया बैंक, लक्ष्मी बैंक, सिटिजन्स बैंक लगायतका बैंकसँग सहकार्य गरेको छ ।

मोबाइल तथा ल्यापटपमा एक वर्षको वारेन्टी प्रदान गर्दै आएको स्टारले काठमाडौं उपत्यका भित्र निःशुल्क डेलिभरीको सुविधा समेत उपलब्ध गराउँदै आएको छ । त्यसका लागि क्यास अन डेलिभरीका साथै अनलाइन भुक्तानीको व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।

अनलाइन भुक्तानीका लागि नियोले ईसेवा, भिषा कार्ड लगायतसँग सहकार्य गरेको छ । एउटै स्थानबाट विभिन्न ब्राण्डका आधिकारीक सामान उपलब्ध गराउँदै आएको स्टोरले दशैं लक्षित गर्दै सय भन्दा बढी ग्याजेट तथा कञ्जुमर इलेक्ट्रोनिक्समा भारी मात्रामा छुट प्रदान गरिरहेकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०