close

प्रभु पेमार्फत ग्यापुको भुक्तानी गर्दा ओटीटी टिभी निःशुल्क, साथमा १० प्रतिशत क्यास ब्याक

टेकपाना टेकपाना

असोज १६, २०७७ १७:३५

प्रभु पेमार्फत ग्यापुको भुक्तानी गर्दा ओटीटी टिभी निःशुल्क, साथमा १० प्रतिशत क्यास ब्याक

काठमाडौं । दशैंमा ग्यापुमा सामान किन्ने हरेक उपभोक्ताले एक महिनाको सब्सक्रिप्सन सहित ओटीटी (मोबाइल टिभी)  नि:शुल्क प्राप्त गर्ने भएका छन् । ग्यापुमा शपिङ गर्ने उपभोक्ताले प्रभु पेको मोबाइल वालेटबाट पैसा तिरेको खण्डमा  १० प्रतिशत (अधिकतम ५०० रुपैयाँसम्म) क्यास समेत पाउने छन् ।

ग्यापुका संस्थापक ज्ञानेन्द्र खड्काले दशैं तिहार धमाका अन्तर्गत दिइने क्यासब्याक २५ लाख बराबरको रहने बाताए । प्रभु पेले ग्यापुमा शपिङ गर्ने उपभोक्ता मध्ये हरेक १५ दिनमा एक जना भाग्यशाली ग्राहकलाई एक वर्षको सब्सक्रिप्सन, सेट अप बक्स र इन्स्टलेसन सहित प्रभु टिभी दिने जनाएको छ।

त्यस्तै दशैं धमाकाको अन्त्यमा एक जना भाग्यशाली ग्राहकलाई प्रभु पेको तर्फबाट एउटा वासिङ मसिन उपलब्ध गराइने खड्काले बताए । ग्यापुको बेवसाइटबाट अर्डर गरी प्रभु पेको वालेटबाट भुक्तानी गर्दा तथा सामान डेलिभरीको बेला प्रभु पेको क्यूआर कोड स्क्यान गरेर क्यास ब्याक लिन सकिनेछ ।      

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०