close

इन्स्टाग्रामबाट म्यासेन्जरमा यसरी पठाउन सकिन्छ म्यासेज

टेकपाना टेकपाना

असोज १७, २०७७ १३:४

इन्स्टाग्रामबाट म्यासेन्जरमा यसरी पठाउन सकिन्छ म्यासेज

एजेन्सी । फेसबुकले केही दिन अघिमात्रै इन्स्टाग्रामबाट फेसबुक म्यासेन्जरमा म्यासेज पठाउन सकिने सुविधा सार्वजनिक गरेको छ । कम्पनीको दुई फरक प्ल्याटफर्मलाई एकै ठाउँमा जोड्ने योजनाका साथ सुरु भएको उक्त फिचर अहिले चर्चामा रहेको छ ।

प्रयोगकर्तालाई विस्तारै उपलब्ध गराईरहेको यो फिचरलाई कसरी प्रयोग गर्ने भन्ने विषमया हामी तपाईंलाई यहाँ जानकारी गराउँदै छौं ।

त्यसका लागि सुरुमा तपाईंको फेसबुक इन्स्टाग्रामसँग अनिवार्य रुपमा जोडिएको हुनुपर्नेछ ।
यदी तपाईंको फेसबुक इन्स्टाग्राममा जोडिएको छ भने इन्स्टाग्राम खोल्दा त्यहाँ तपाईंलाई इन्स्टाको म्यासेज फेसबुक म्यासेन्जरसँग मर्ज गर्नुहोस भनेर म्यासेज आउने छ । यदी त्यस्तो नभएको खण्डमा तल उल्लेखित प्रक्रिया अपनाएर पनि प्रयोग गर्न सकिने छ ।

  • सुरुमा तपाईंको इन्स्टाग्राम गुगल प्लेस्टार अथावा एप्पलको प्ले स्टोरमा गएर अपडेट गर्नुहोस् ।
  • एप अपडेट भएसँगै इन्स्टाग्राम खोल्नुहोस र त्यसको माथिल्लो भागको दायाँतर्फ रहेको एरोप्लेन सिम्बोल (डिएम) मा क्लिक गर्नुहोस ।
  • त्यहाँ क्लिक गर्दा यदी तपाईंलाई उक्त फिचर उपलब्ध छ भने त्यहाँ एउटा पप–अप म्यासेज आउनेछ । जसमा तपाईं इन्स्टाको म्यासेजलाई फेसबुक म्यासेजसँग जोड्न चाहनुहुन्छ भनेर सोध्नेछ । यदी चाहानुहन्छ भने त्यसमा क्लिक गर्नुहोस ।
  • त्यसमा ओके गरेसँगै तपाईंको इन्स्टाको डिएमको म्यासेजिङ इन्टरफेस परिवर्तन भएर म्यासेन्जरको जस्तै देखिनेछ ।

यती गरेपछि तपाईंले त्यहीबाट फेसबुकमा भएका साथिलाई म्यासेज गर्न सक्नुहुनेछ ।

नोट : यो सुविधा विस्तारै रोलआउट भइरहेकाले सबै प्रयोगकर्तामा उपलब्ध नभएको हुन सक्छ । यदी तपाईंलाई यो फिचर उपलब्ध छैन भने केही समय प्रतिक्षा गर्नुपर्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०