close

उद्यमशीलता सम्बन्धी भर्चुअल टक सम्पन्न, अली जफरले साटे आफ्ना अनुभव

टेकपाना टेकपाना

असोज २५, २०७७ १८:४५

उद्यमशीलता सम्बन्धी भर्चुअल टक सम्पन्न, अली जफरले साटे आफ्ना अनुभव

काठमाडाैं । हल्ट प्राइज आईओई र नेक्स्ट जेनले शनिबार ‘आन्टरप्रिनियरसिप टक सिरिजः लेभल टु बिल्डिङ अ टिम’ शीर्षकमा दोस्रो भर्चुअल टक सिरिज आयोजना गरेका छन् ।

उक्त सिरिजमा पाकिस्तानी मूलका बलिउड सेलिब्रेटी अली जफरको पनि एक घन्टाको भर्चुअल उपस्थिति रहेको थियो ।

पुल्चोक क्याम्पसका विद्यार्थीबाट सम्पन्न गरिएको कार्यक्रममा आईओईको विद्यार्थीको मात्र नभई अरु पनि धेरै जनाको उपस्थिति रहेको थियो ।

सेसनमा फोर्ब्स, आईबीटी र सीएनएन जस्ता ग्लोबल साइटहरुमा फिचर भइसकेका वक्ता एक सफल आन्ट्रप्रेनियर सतिस गैरेको उपस्थिति रहेको थियो । उक्त टक सिरिजमा सतिश गैरेले आफ्नो व्यावसायिक यात्राको र आफूले भोगेका संघर्षको बारेमा बताए ।

अनि उनले टीम कसरी बनाउने बारेमा कुरा गरे । उनले सबैलाई आन्टरप्रिनियरको यात्रामा कसरी अगाडि बढ्ने बारेमा बताउँदै उक्त क्षेत्रमा जान सबैलाई हौसला प्रदान गरे ।

सो पश्चात उक्त टक सिरिजमा पाकिस्तानी सुपरस्टार तथा बलिउडका चर्चित आभिनेता एवं गायक जफरले आफ्नो कडा मेहेनत र महिलाको अधिकारको बारेमा बताए ।

उनले आफ्नो काम, सक्रियता र मानवीय कर्मका बारेमा कुरा सुनाएर युवालाई परिवर्तनतर्फ अग्रसर कसरी गर्न सकिन्छ भन्ने व्याख्या गरे । साथै उनले आफ्नो फ्यानको आग्रहमा गीत पनि गाए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४