close

सिकारुका लागि माइक्रोसफ्टको निःशुल्क जाभास्क्रिप्ट ट्यूटोरियल, यसरी सिक्नुहोस्

टेकपाना टेकपाना

असोज २९, २०७७ ८:५४

सिकारुका लागि माइक्रोसफ्टको निःशुल्क जाभास्क्रिप्ट ट्यूटोरियल, यसरी सिक्नुहोस्

काठमाडौं । माइक्रोसफ्ट डेभलपरले युट्युबमा नि:शुल्क जाभास्क्रिप्ट ट्यूटोरियल भिडियो ल्याएको छ । यसअघि उसले पाइथनमा नि:शुल्क कोर्स दिइसकेको छ ।

जाभास्क्रिप्टमा प्रोग्रामिङ गर्न चाहनेका लागि कम्पनीले नि:शुल्क अनलाइन भिडियो सिरिज ल्याएको हो । 

‘बिगिनर्स सिरिज: इन्ट्रोडक्सन टु जाभास्क्रिप्ट कोर्स’ नाममा ५१ वटा भिडियोहरु राखिएका छन् । सबै भिडियो हेरेर अभ्यास गर्ने विद्यार्थीहरुले जाभास्क्रिप्टको आधारभूत अवधारणालाई राखेर एउटा बेसिक वेब एप्लिकेसन तयार गर्न सक्छन् ।  

उक्त सिरिजमा प्रशिक्षक गुगलको एंगुलर र सफ्टवेयर डेभलपमेन्ट किट्स एसडीके जस्ता जाभास्क्रिप्ट फ्रेमवर्कमा जाभा स्क्रिप्ट प्रयोग गरी भित्री तहसम्म पुगेका छन् ।

साथै यसमा माइक्रोसफ्ट भिजुअल स्टुडियो कोडबाट डेभलपर वातावरण कसरी तयार गर्ने र जोड.जेएसलाई कसरी जाभा स्क्रिप्ट रनटाइमको रुपमा इन्स्टल गर्ने जस्ता कुरा सिकाइएका छन् । 

यस कोर्सबाट प्रोग्रामरहरुले एपीएममा उपलब्ध सफ्टवेयर लाइब्रेरी र प्याकेज कलेक्सनबारे थाहा पाउन सक्नेछन् । प्रशिक्षणको अन्त्यमा प्रोग्रामरहरुलाई आफ्नै ‘हेल्लो वर्ल्ड’ एप बनाउने प्रक्रियामा गाइड गरिनेछ । 

यस कोर्सबाट डेभलपर्सहरुलाई अज्यूर आर्टिफिसियल इन्टेलिजेन्स सर्भिस जस्तै अज्यूर कग्निटिभ सर्भिस र अज्यूर बोट फ्रेमवर्कमा के छ भन्ने कुरा बुझाउने माइक्रोसफ्टको उद्देश्य छ । 

माइक्रोसफ्टले यस ट्युटोरलमा आधारभूत कोडिङको ज्ञान नभएकाहरु पनि सहभागी हुनसक्ने बताएको छ । तर प्रोग्रामिङ ल्याङ्ग्वेज बारे आधारभूत ज्ञान भएकाहरुलाई भने यसमा सहभागी हुन एकदमै सजिलो र उपलब्धमूलक हुनेछ । 

भिडियो ट्युटोरियलका लागि यहाँ क्लिक गर्नुहोस्

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४