close

यी हुन् २०२० का उत्कृष्ट ल्यापटप (मूल्य र फिचर सहित)

टेकपाना टेकपाना

असोज २८, २०७७ १५:५७

यी हुन् २०२० का उत्कृष्ट ल्यापटप (मूल्य र फिचर सहित)

काठमाडौं । बजारमा अहिले विभिन्न ब्राण्ड, मूल्य र फिचर सहितका ल्यापटप उपलब्ध छन् । यति धेरै ल्यापटपमा उत्कृष्ट ल्यापटप चयन गरेर खरिद गर्नु जोकसैका लागि अप्ठ्यारो छ ।

एउटा राम्रो ल्यापटपले पावर, इफिसियन्सी, पोर्टेबिलिटी र कम्फर्टलाई सन्तुलित राख्न सक्छ । त्यस्ता ल्यापटपमा राम्रो कीबोर्ड र ट्र्याकप्याड हुन्छ । यिनै कारण तपाईं स्मार्टफोनको सट्टा ल्यापटप नै चयन गर्नुहुन्छ ।

यसको ब्राइटेनस, सार्पनेस र डिस्प्ले सबै आखाँमैत्री हुनुपर्दछ । भिडियो इडिटिङ तथा एड्भान्स गेमिङका लागि पनि यो पर्याप्त शक्तिशाली हुनुपर्दछ । ब्याट्री पनि टिकाउ हुनुपर्दछ । 

यसैले आज हामी तपाईंलाई २०२० का उत्कृष्ट ल्यापटपहरुका बारेमा बताउँदै छौं । 

डेल एक्सपीएस १३ (२०२०)

यदि तपाईं अलराउण्डर उत्कृष्ट ल्यापटप खरिद गर्न चाहनुहुन्छ भने डेलको नयाँ एक्सपीएस १३ एकदमै उपयुक्त हुनेछ । यसमा टेन्थ जेनेरेसनको इन्टेल प्रोसेसर र शक्तिशाली ग्राफिक्स र बेजल फ्री १६:१० प्यानल रहेको छ ।

यसमा १९२० गुणा १२०० पिक्सल अर्थात् फोरके डिस्प्ले रहेको छ । ग्राफिक्स डिजाइनिङ सम्बन्धी कुनै पनि काम गर्नेहरुका लागि यसको डिस्प्ले एकदमै राम्रो छ ।

यसले उज्यालो कोठा वा बाहिर स्क्रिन देखिने गरी ५०० निट्सको ब्राइटनेस दिन्छ । यसको ब्याट्री पनि एकदमै राम्रो रहेको छ ।

यसको बेस मोडलमा कोर आई फाइभ १०३५ जी १, ८ जीबी र्‍याम र २५६ जीबीको इन्टर्नल स्टोरेज रहेको छ । यदि तपाईं इन्टरनेट ब्राउज मात्र गर्नुहुन्छ भने यो तपाईंको लागि उपयुक्त छ ।

तर यदि गेम खेल्न वा कुनै पनि क्रिएटिभ काम गर्न चाहनुहुन्छ भने यसको स्टोरेज र र्‍यामलाई अपग्रेड गर्नुपर्दछ । अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य औसतमा एक हजार डलर रहेको छ ।

एचपी इन्भी एक्स ३६० (२०२०)

अब प्रिमियम लुक्स भएको ल्यापटप खरिद गर्न तपाईंले हजार डलर रुपैयाँ खर्च गरिरहन पर्दैन । एचपीको इन्भी एक्स ३६० ल्यापटप एउटा उत्कृष्ट बजेट सेग्मेन्टको ल्यापटप हो । यसको डिजाइन एकदमै कम्प्याक्ट, बलियो र सुन्दर छ भने पर्फमेन्स पनि राम्रो छ । 

बेजल लेस डिस्प्ले रहेको यस ल्यापटपमा टचस्क्रिन रहेको छ । ब्राइटेनसका लागि तपाईंले तीन सय, चार सय र हजार निट्सको प्यानल रोज्न सक्नुहुन्छ ।

कीबोर्डमा एकदमै सजिलो हट की थप गरिएको छ भने यसको माइक्राेफोन र वेबक्याममा किल स्विचहरु पनि छन् । यसको रोचक फिचर भनेको यसमा एएमडीको राइजन ४००० सिरिज रहेको छ ।

यसले राम्रोसँग ह्याभ्भी लोड मल्टिटास्किङ सम्पन्न गर्दछ भने यसको इन्टिग्रेटेड रेइडोन ग्राफिक्समा एकदमै राम्रो गेमिङ पर्फमेन्स पाउन सकिन्छ । अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य औसतमा ७३९ डलर रहेकाे छ ।

म्याकबुक एयर (२०२०)

एप्पलका डिभाइसहरु मन पराउनेका लागि म्याकबुक एयर एकदमै राम्रो अप्सन हो । यसमा टेन्थ जेनेरेसनको इन्टेल प्रोसेसर रहेको छ, तर याे डेलको एक्सपीएस १३ को भन्दा कम पावर भेरिएसनमा उपलब्ध छ ।

यसमा सार्प रेटिना डिस्प्ले र नयाँ सिजर स्विच कीबोर्ड रहेको छ । यसको बेस मोडलमा कोर आइथ्री, ८ जीबी र्‍याम र २५६ जीबी इन्टर्नल स्टोरेज रहेको छ ।

यो हजार डलरमै बजारमा पाउन सकिन्छ, तर तपाईंले थोरै पैसा थप गरेर कोर आई फाइभमा अपग्रेड भएको प्रोसेसर सहितको ल्यापटप लिन सक्नुहुन्छ । 

२०२० को म्याकबुक एयरमा १६ इन्च म्याकबुक प्रोको जस्तै नयाँ र सुधारिएको कीबोर्ड छ । यसमा विवादित फिचर टचबार पनि राखिएको छैन ।

यसमा भएको स्ट्याण्डर्ड टप रो र फङसन की एकदमै आकर्षक फिचर हो । सजिलो लगईन तथा पेमेन्ट अथेन्टिकेसनका लागि यसमा टच आइडी फिङ्गरप्रिन्ट स्क्यानर रहेको छ । यसको डिजाइन, डिस्प्ले, पर्फमेन्स सबै कुरा राम्रो छ । 

आसुस रग जेफाइरस जी १४

आसुसको रग जेफाइरस जी १४ थोरै मूल्यमा पाइने एकदमै राम्रो र शक्तिशाली गेमिङ ल्यापटप हो । यसमा एएमडीको नयाँ राइजेन ९४९०० एचएस र एनभिदियाको आरटीएक्स २०६० म्याक्स क्यू जीपीयू छ भने १२० हर्जको डिस्प्ले रहेको छ । 

यसले अहिलेका सर्वाधिक डिमाण्डमा रहेका गेमलाई कुनै पनि समस्याबिना उच्चस्तरको सेटिङमा रन गर्न सक्दछ । 

यसको तौल पनि एकदमै कम साढे तीन पाउण्डमात्र छ । ब्याट्री लाइफ आकर्षक छ, जसले गेमिङ र मल्टिटास्किङलाई ९ घण्टासम्म थेग्न सक्दछ । 

गेमबाहेक बिजनेस तथा दैनिक मल्टिटास्किङका लागि यो एकदमै राम्रो नोटबुक हो । तर यसमा वेबक्याम भने राखिएको छैन । अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य औसतमा १,४५० डलर रहेको छ । 

म्याकबुक प्रो (१६ इन्च, २०१९) 

पावर युजर्सका लागि एप्पलको १६ इन्चको म्याकबुक प्रो सबैभन्दा राम्रो ल्यापटप हाे । यसमा कीबोर्ड आकर्षक छ ।

म्याकबुक प्रोमा साउण्ड एकदमै राम्रो छ, यसमा तीनतिर तीनवटा स्पिकर छन्, जसमा दुईवटा उफरहरु पनि छन् । यसमा भएको अडीबल ब्यास र स्टेरियो सेप्रेसनले गर्दा सन्तुलित अडियो सुन्न सकिन्छ । 

भिडियो इडिटिङ, धेरैवटा अडियो ट्रयाक र धेरै फोटोहरुलाई प्रोसेस गर्नुपर्ने काम छ भने १६ इन्चको म्याकबुक प्रो एकदमै राम्रो अप्सन हो । अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य औसतमा २,३९९ डलर रहेको छ । 

एचपी इलाइट ड्रागन फ्लाई

एचपी इलाइट ड्रागन फ्लाई सोलिड सेक्युरिटी भएको बिजनेस ल्यापटप हो । व्यवसायिक व्यक्तिहरुका लागि यो एकदमै राम्रो डिभाइस हो ।

यसको २०२० को मोडलमा एचपीको सुपर सेक्योर स्योर भ्यू रिफ्ल्याक्ट टेक्नोलोजी प्रयोग भएको छ । सार्वजनिक ठाउँमा काम गरिरहँदा यसको स्क्रिनलाई बङ्गाएर लुकाउन सकिन्छ ।

स्क्रिनलाई नबङग्याउँदा यसले सात सय निट्स ब्राइटनेस दिन्छ, जसमा एकदमै राम्रो भ्युविङ एंगल पाउन सकिन्छ । 

ब्युल्ट इन टाइल ट्रयाकर भएको यो पहिलो ल्यापटप हो । यसको मतलब यदि तपाईंले आफ्नो डिभाइस हराउनुभयो भने टाइल स्मार्टफोन एप प्रयोग गरेर अलार्म सेट अफ गर्न सक्नुहुन्छ (ब्लुटूथ रेन्ज भएको अवस्थामा) ।

तपाईंले टाइलको क्राउड फाइन्डिङ नेटवर्कबाट विश्वभरी जुनै कुनामा पनि आफ्नो डिभाइसलाई लोकेट गर्न सक्नुहुन्छ । यसमा ११ घण्टासम्म काम गर्ने अभूतपूर्ण ब्याट्री क्षमता छ ।

अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य औसतमा १९६२ डलर रहेकाे छ ।    

लेनोभो क्रोमबूक डोयट 

लेनोभो क्रोमबुक डोयट बालबालिकाहरुका लागि एकदमै राम्रो ल्यापटप हो । १० इन्चको यो ल्यापटप एकदमै राम्रो छ । यसमा डिट्याचेबल कीबोर्ड र किकस्ट्याण्ड रहेको छ । 

२.०३ पाउण्ड तौल भएको यो ल्यापटपको ब्याट्री लाइफ ११ घण्टाको छ । यसमा भएको मेडिया टेक प्रोसेसरले ल्यापटपमा पर्ने कामको भारलाई थेग्न सक्छ ।

बालबालिकाका लागि उपयुक्त यस ल्यापटपमा थोरै ट्याबहरुलाई ब्राउज गर्न, नेटफ्लिक्स हेर्न, एन्ड्रोइड गेम खेल्न र फोटो इडिट गर्न एकदमै सजिलो छ । 

क्रोम ओएसका लागि यसमा ट्याव्लेट मोड पनि छ, जसले एन्ड्रोइडबाट प्रेरित जेस्चर नेभिगेसन सिस्टम र पृथक क्रोम लेआउटलाई पनि सपोर्ट गर्दछ । 

कम बजेट हुने हरुका लागि क्रोमबुक डोयट एकदमै राम्रो छ । अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य औसतमा २९९ डलर रहेको छ । 

एचपी स्पेक्ट्री एक्स ३६० १३ (लेट २०१९)  

एचपी स्पेक्ट्री एक्स ३६० एउटा प्रिमियम लेभलको टु इन वान विण्डो ल्यापटप हो । यसमा इन्टेलको नयाँ प्रोसेसर, भाइब्रेट टचस्क्रिन र धेरैवटा पोर्ट अप्सनहरु रहेका छन्, जुन यस सेग्मेन्टको ल्यापटपमा खासै पाउन सकिन्न । 

यो ल्यापटपको तौल तीन पाउण्डभन्दा कम रहेको छ । यात्रा गर्नेहरुका लागि पनि यो ल्यापटप एकदमै राम्रो छ । यसको नयाँ मोडलमा पुरानोको भन्दा सानो फुटप्रिन्ट छ ।

यसमा फेसियल र फिङ्गरप्रिन्ट दुवै बायोमेट्रिक अथेन्टिकेसन छ । अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य औसतमा १२५० डलर रहेको छ । 

म्याकबुक प्रो १३ (२०२०) 

यदि तपाईं एयरभन्दा शक्तिशाली तर, १६ इन्चको म्याकबुक प्रोभन्दा सस्तो ल्यापटप चाहनुहुन्छ भने म्याकबुक प्रो १३ उत्कृष्ट अप्सन हो । यसले पाँच सय निट्सको स्क्रिन ब्राइटनेस, उत्कृष्ट स्पिकर र राम्रो कीबोर्ड प्रदान गर्दछ । 

यसमा दुईवटा मोडल उपलब्ध छन् । तपाईंले आफ्नो आवश्कता अनुसार चयन गर्न सक्नुहुन्छ । जसमा बेस मोडलमा आठौं जेनेरेसनको इन्टेल प्रोसेसर र टु थण्डरबोल्ट थ्री प्रोसेसर रहेका छन् ।

योभन्दा महंगो अर्को भर्सनमा टेन्थ जेनेरेसनको प्रोसेसर र फोर थण्डरबोल्ट थ्री पोर्ट रहेका छन् । यदि तपाईसँग बजेट छ भने अधिक मूल्यको भर्सन तपाईको लागि उपयुक्त हुनेछ । यी दुई जेनेरेसनबीचको पर्फमेन्स पनि एकदमै फरक छ । 

फोर थण्डरबोल्ट तीनवटा पोर्ट भएको मोडलको मूल्य औसतमा १ हजार सात सय ९९ डलर रहेको छ । 

एसर क्रोमबुक स्पिन ७१३

कलेज वा विद्यालय अध्ययनरत विद्यार्थीहरुलाई सस्तो र हलुको ल्यापटप आवश्यक छ भने एसर क्रोमबुक स्पिन ७१३ एकदमै राम्रो अप्सन हो । यो सस्तो मोडल भने होइन, तर यसले न्युन मूल्यमा नै टप नोच पर्फमेन्स प्रदान गर्दछ ।

यसमा कोर आइथ्री, फाइभ, सेभेन सबै मोडल उपलब्ध छन् । यसले कुनै पनि ल्याग, आवाज र तापक्रम बिना भारी कामलाई सरल र सुमधुर तरिकाले सम्पन्न गर्न सक्दछ ।  

यसको ब्याट्रीले तपाईंलाई दिनभरी सपोर्ट गर्न सक्छ भने कीबोर्ड पनि राम्रो छ । यसको विशेष फिचर भनेको यसमा रहेको डिस्प्ले पनि हो ।

यसको सार्प प्यानलले उच्चस्तरको पिक्चर प्रदान गर्दछ । यसको स्क्रिन वास्तवमा म्याकबुक प्रोको स्क्रिन भन्दा पनि राम्रो छ । अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य औसतमा ६२९ डलर छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४