close

यसरी परिवर्तन गर्नुेहोस फेसबुक म्यासेन्जरको च्याट थिम

टेकपाना टेकपाना

कात्तिक २, २०७७ १२:३४

यसरी परिवर्तन गर्नुेहोस फेसबुक म्यासेन्जरको च्याट थिम

काठमाडौं । हामी सधैंजसो फेसबुक तथा म्यासेन्जर प्रयोग गरिरहेका हुन्छौं । तर, त्यसमा उपलब्ध हुने कतिपय फिचरको बारेमा हामीलाई थाहा नहुन पनि सक्छ ।

त्यस्तै फेसबुक म्यासेन्जरमा एउटा फिचर रहेको छ, जसको बारेमा हामी थारैमात्रै सचेत छौं । त्यो हो, म्यासेन्जरको च्याट थिम परिवर्तन गर्ने । हामी कतिपयले म्यासेन्जर डाउनलोड गरेदेखि आजसम्म पनि त्यही क्लासिक थिम नै प्रयोग गरिरहेका हुन्छाैं ।

यसका कारण हामी उक्त थिममा अभ्यस्त नभएर पनि हो । तर, हामीसँग म्यासेन्जरको थिम परिवर्तन गर्ने विकल्प भने उपलध रहेको छ । आज हामी तपाईंलाई उक्त फिचरबारे जानकारी दिँदै छौं । त्यसका लागि सुरुमा तपाईंको फेसबुक म्यासेन्जर अपडेट भएको हुनुपर्नेछ ।

यदि तपाईंको म्यासेन्जर अपडेट छ भने सुरुमा म्यासेन्जर खोल्नुहोस् । म्यासेन्जर खोलेसँगै कुनै एक जनाको च्याटमा क्लिक गर्नुहोस् । अथवा तपाईं कुन व्यक्तिसँगको च्याट थिम परिवर्तन गर्न चाहनुहुन्छ, सर्च गर्नुहोस् ।

अब उक्त व्यक्तिसँगको कुराकानी भएको च्याट खोल्नुहोस् । उक्त च्याटको दायाँपट्टि माथि कल र भिडियो कलसँगै रहेको अर्को अप्सनमा क्लिक गर्नुहोस् । उक्त अप्सनमा क्लिक गरेसँगै त्यहाँ तपाईं ‘थिम’ भन्ने अप्सन देख्नुहुनेछ ।

उक्त अप्सनमा क्लिक गर्नुहोस । आफूलाई मनपर्ने थिम छनोट गर्नुहोस् । यसपछि तपाईंले उक्त व्यक्तिसँग गरिने कुराकारनीको पछाडिको थिममा परिवर्तन पाउनु हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३