close

सस्तोमा कुराकानी गर्न सकिने एनसेलको नयाँ अफर

टेकपाना टेकपाना

कात्तिक ६, २०७७ १८:५९

सस्तोमा कुराकानी गर्न सकिने एनसेलको नयाँ अफर

काठमाडौं । चाडपर्वको अवसरमा एनसेलले प्रिपेड ग्राहकका लागि कल शुल्क घटाएको छ । एनसेल आजियाटा लिमिटेडले आफ्नो ‘प्लस’ थिम अन्तर्गत रहेको ‘इन्डलेस कुराकानी प्लस’ अफरमा बुधबारबाट आकर्षक सुविधा थपेको हो ।

जसअन्तर्गत भ्वाइस प्याक सुचारु गर्ने ग्राहकले अन्य नेटवर्कमा कर सहित मात्र १.२८ रुपैयाँमै कुराकानी गर्न सक्ने भएका छन् । अन्य अवस्थामा एनसेल नेटवर्क बाहिरको नेटवर्कमा कल गर्दा भने प्रतिमिनेट २.५४ रुपैयाँ शुल्क लाग्नेछ ।

यसका साथै कम्पनीले यही योजनाअन्तर्गत भ्वाइस प्याक लिएर खपत गरेका ग्राहकका लागि एनसेल नेटवर्क भित्रको कल शुल्क पनि घटाएको छ । इन्डलेस कुराकानी प्लस अन्तर्गत भ्वाइस प्याक लिएका ग्राहकले हरेक दिनका लागि तोकिएको निश्चित मिनेट प्रयोग गरिकेको अवस्थामा ६४ पैसा प्रति मिनेटमै एनसेल नेटवर्कभित्र कुराकानी गर्न सक्नेछन् ।

अन्य अवस्थामा एनसेल नेटवर्कभित्र कल गर्दा विद्यमान (२.५४ रुपैयाँ प्रति मिनेट) शुल्क लाग्नेछ ।इन्डलेस कुराकानी प्लसअन्तर्गत प्रिपेड ग्राहकले ७ दिन, १५ दिन र ३० दिनको समयावधि रहेका भ्वाइस प्याक आफ्नो आवश्यकताअनुसार सुचारु गर्न सक्नेछन् ।

सात दिन समयसीमा रहेको प्याकमा ग्राहकले ९५.७७ रुपैयाँमा ७०० मिनेट अन नेट टक टाइम अर्थात कम्पनीको नेटवर्कभित्र कुराकानि गर्न मिल्ने गरी (७ दिनसम्म हरेक दिन १०० मिनेट टक टाइम ) प्राप्त गर्ने कम्पनीले जनाएको छ । त्यस्तै १९१.५४ रुपैयाँमा १५ दिने प्याक सुचारु गरी प्रत्येक दिन १२५ मिनेट र ३८१.७९ रुपैयाँमा ३० दिनको प्याक लिएर हरेक दिन १५० मिनेट अन नेट टक टाइमको फाइदा लिन सकिनेछ ।

एनसेलका प्रिपेड ग्राहकले *१७११८*७# डायल गरी प्राप्त निर्देशन अनुसार प्याक सुचारु गर्न सक्नेछन् । त्यस्तै एसएमएसबाट पनि यी प्याक सुचारु गर्न सकिनेछ ।

उदाहरणको लागि सात दिनको प्याक लिनका लागि १०० टाइप गरी अंग्रेजी ठूलो अक्षरमा पीडी (PD) लेखि १७११८ मा एसएमएस पठाउनुपर्ने हुन्छ । चाडवाडको अवसरमा आफ्ना प्रिपेड ग्राहकका लागि भ्वाइस प्याकमा थप सुविधा सहित अन्य नेटवर्कमा र एनसेल नेटवर्कभित्रै पनि अझै सुलभ दरमा भ्वाइस सेवा सुनिश्चित गर्न पाएकोमा कम्पनी निकै हर्षित रहेको एनसेलले जनाएको छ ।

आकर्षक भ्वाइस प्याकमा अझ बढी सेवा सुविधा पाइने भएपछि ग्राहकलाई थप मूल्य प्रदान गर्दै चाडपर्वको समयमा शुभकामना आदानप्रदान गर्न तथा आफ्ना परिवार, आफन्त र साथीभाइसँग अझै सुलभ दरमा सम्पर्कमा रहिरहन मद्दत पुर्‍याउने कम्पनीको विश्वास छ ।

थिम ‘प्लस’ अन्तर्गत नै रहेर एनसेलले वायरफ्री प्लस वाईफाई, फोरजी ग्राहकका लागि आकर्षक ननस्टप युट्युव प्लसका साथै इण्डलेस कुराकानी प्लस, नयाँ सजिलो सिम र अल्ट्रा वाईफाई सिम प्लस योजनाहरु ल्याइसकेको छ । ‘प्लस’ थिमले नवीन र विशेष सेवाहरुमार्फत ग्राहकलाई हरेक पल जहाँ भए पनि सेवामा पहुँच सुनिश्चित गराउने उद्देश्य लिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०