close

छरछिमेकीबारे राम्रोसँग जानकारी राख्न सकिने फिचर ल्याउँदै फेसबुक

टेकपाना टेकपाना

कात्तिक ८, २०७७ १३:५६

छरछिमेकीबारे राम्रोसँग जानकारी राख्न सकिने फिचर ल्याउँदै फेसबुक

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकले एउटा नयाँ फिचर ल्याउने तयारी गरिरहेको छ । जसको सहयोगमा प्रयोगकर्ताले आफ्ना छिमेकीको बारेमा अझ राम्रोसँग जान्ने मौका पाउने छन् । 

कम्पनीले हाल यो फिचर टेस्टिङ गरिरहेको छ । यो फिचर नेबरहुड नामबाट सार्वजनिक हुन सक्ने आँकलन गरिएको छ । 

जसबाट फेसबुक नेक्स्ट डोरलाई टक्कर दिने दाउमा छ । सामाजिक सञ्जाल कन्सल्टेन्ट म्याट नवाराले ट्वीट गर्दै एउटा पोस्ट शेयर गरेका छन् । 

जसमा उनले स्क्रिन शटमार्फत फेसबुकको यो नयाँ फिचरको बारेमा जानकारी दिएका छन् । उनका अनुसार हाल यसको टेस्टिङ भइरहेको छ ।

यो फिचरले कसरी गर्छ काम ? 

फेसबुकको यो फिचरको सहयोगमा प्रयोगकर्ताले आफ्नो ठेगाना लगायतको विवरण भरेर एउटा युनिक प्रोफाइल बनाउन सक्नेछन् । यस विषयमा कम्पनीका प्रवक्ताले क्यानडाको कलगेरी बजारमा यो नयाँ फिचरको परीक्षण भइरहेको बताएका छन् । 

यद्यपि फेसबुकभन्दा अघि नै नेक्स्टडोरले यो फिचर ल्याइसकेको छ । सन् २००८ मै कम्पनीले यो फिचर सार्वजनिक गरेको थियो । 

कम्पनीले यसका लागि करिब ४७ करोड डलर फण्डिङ समेत जुटाएको थियो । यो फिचरमा हरेक नेबरहुड छुट्टै एउटा मिनी सोसल नेटवर्कको रुपमा काम गर्दछन् । 

प्रयोगकर्ताले यसमा छिमेकमा भइरहेका घटनाको पस्ट गर्न सक्दछन्स, जसमा अपराध जस्ता विषयवस्तु समेत रहने गर्दछन् । 

एजेन्सीको सहयोगमा । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०