close

क्लिन फिड : नेपाली च्यानलमा बज्ने विदेशी डबिङ विज्ञापन कहिले रोकिन्छ ?

टेकपाना टेकपाना

कात्तिक ९, २०७७ १०:३२

क्लिन फिड : नेपाली च्यानलमा बज्ने विदेशी डबिङ विज्ञापन कहिले रोकिन्छ ?

काठमाडौं । लामो समयदेखिको चर्चापछि शनिबार नेपाली विज्ञापन बजारको लागि एक महत्वपूर्ण व्यवस्था कार्यान्वयनमा आयो अर्थात् क्लिन फिड लागू भयाे । योसँगै नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानल विज्ञापनरहित भएका छन् ।

यसको अर्थ अब नेपालमा प्रसारण हुने विदेशी च्यानलमा विज्ञापन हेर्नुपर्ने छैन । विज्ञापन ऐन–२०७६ को प्रावधानअनुसार नेपालमा क्लिन फिड नीति लागू गरिएको हो । गत वर्षको कात्तिकमा संसदबाट पारित भएर राजपत्रमा प्रकाशित भएको विज्ञापन नियमन गर्ने ऐनको दफा ६ मा एक वर्षभित्र क्लिन फिड लागू गर्ने प्रावधान राखिएको थियो ।

उक्त प्रावधानकै आधारमा शनिबारदेखि क्लिन फिड लागू गरिएको छ । जसका कारण कतिपय विदेशी च्यानलको नेपालमा प्रसारण नै रोकिएको छ । जसमा स्टारका सम्पुर्ण च्यानल बन्द भएका छन् भने बीबीसी, सीएनएन जस्ता च्यानल पनि बन्द भएका छन् ।

यो थियो विदेशी च्यानलमा विज्ञापन बज्न नपाउने कुरा । विज्ञापन ऐनले त्योभन्दा पनि अर्को महत्वपूर्ण कुरालाई पनि सम्बोधन गरेको छ । त्यो हो नेपामा विदेशी विज्ञापनलाई डबिङ गरेर बजाउन पाइने छैन ।

तर, आज (आइतबार) पनि विदेशी डविङ विज्ञापन बजिरहेका छन् । भारतीय कलाकारले खेलेको विज्ञापनमा नेपाली भाषा प्रयोग गरेर धेरैजसो टेलिभिजनमा विज्ञान बजिरहेको छ ।

कानूनले त्यसलाई प्रतिबन्ध गरेर नेपाली कलाकार र नेपालमै बनेको विज्ञापन बज्नुपर्छ भन्ने कानूनले तोकेको छ र त्यहीअनुसार लागू गर्नुपर्ने सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ बताउँछन् ।

‘विज्ञापन ऐनले विदेशी डबिङलाई मान्यता दिँदैन,’ मन्त्री गुरुङ भन्छन, ‘यसको अनुगमन हुन्छ । अनुगमन गर्दा त्यस्ता विज्ञापन बजेको पाइएमा कारबाही गरिन्छ ।’

यसको अर्थ यो भयो कि विदेशी डबिङ विज्ञापन पनि यहाँ बज्ने छैनन् । अनि किन बजिरहेका छन त ? विज्ञापन संघका निवर्तमान अध्यक्ष सन्तोष श्रेष्ठ भन्छन, ‘यस्ता विज्ञापन बजाउन नपाउने नै हो । सरकाले यो विषयमा अनुगमन गर्नुपर्छ ।’

तर, अहिले कोभिडको कारण कतिपय अन्तराष्ट्रिय ब्राण्डको विज्ञापन निमार्ण हुन सकेको छैन । त्यसैले गर्दा पनि अहिले विज्ञापन बजिरहेका हुन सक्छन् । केही समयपछि यस्ता समस्या सबै समाधान हुने विश्वास उनले गरे ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०