close

३ महिनादेखि सिस्टम मर्मत सम्भारमा टेलिकम, आज राति पनि समस्या आउन सक्ने

टेकपाना टेकपाना

कात्तिक १४, २०७७ २१:८

३ महिनादेखि सिस्टम मर्मत सम्भारमा टेलिकम, आज राति पनि समस्या आउन सक्ने

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले पछिल्लो तीन महिना यता लगातार रुपमा सिस्टम मर्मत सम्भारमा व्यस्त देखिएको छ । कम्पनीको बिलिङ सिस्टममा देखिएको समस्या समाधान नभएपछि लगातार रुपमा सिस्टम मर्मत सम्भार गर्नुपरेको हो ।

सिस्टम मर्मत सम्भारका कारण आज शुक्रबार राति ११ः४५ देखि करिब एक घण्टासम्म कम्पनीको सेवामा समस्या आउन सक्ने बताइएको छ । त्यस अवधिमा प्याकेज सब्सक्रिप्सन तथा बाँकी रहेको भोलुमको जानकारी लिने कार्यमा केही समस्या आउन सक्ने भन्दै कम्पनीले सूचना जारी गरेको छ ।

भदौ ११ यता ६ पटक यस्तो सूचना जारी गरिसकेको कम्पनीले पछिल्लो पटक बिहीबार र शुक्रबार लगातार रुपमा सिस्टम मर्मतका कारण सेवा अवरुद्ध हुने जानकारी गराएको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०