close

याहूले सार्वजनिक गर्‍यो आफ्नो पहिलो स्मार्टफोन, यस्तो छ मूल्य र स्पेसिफिकेसन

टेकपाना टेकपाना

कात्तिक १५, २०७७ ७:५६

याहूले सार्वजनिक गर्‍यो आफ्नो पहिलो स्मार्टफोन, यस्तो छ मूल्य र स्पेसिफिकेसन

काठमाडौं । याहू मोबाइलले आफ्नो पहिलो स्मार्टफोन जेडटीई ब्लेड ए थ्री वाई सार्वजनिक गरेको छ । कम्पनीले सेल्फ ब्राण्डेड फोनसँगै स्मार्टफोन बजारमा प्रवेश गरेको हो ।

जेडटीई ब्लेड ए थ्री वाईको निर्माण जेडटीईले गरेको हो । तर यसलाई बजारमा भने याहू ब्राण्डको रुपमा बिक्री गरिनेछ ।

कति छ मूल्य ?

याहू मोबाइल जेडटीई ब्लेड ए थ्री वाई को मूल्य ५० डलर अर्थात करिब ५९०० रुपैयाँ राखिएको छ । अमेरिकी बजारमा सार्वजनिक गरिएको यो स्मार्टफोन याहू मोबाइल सर्भिसका साथ उपलब्ध हुनेछ ।

अन्य देशमा यो स्मार्टफोन सार्वजनिक हुने विषय भने अहिलेसम्म प्रष्ट भइसकेको छैन । यो ग्रेप जेली कलर भेरियन्टमा उपलब्ध हुनेछ ।

यस्तो छ स्पेसिफिकेसन

याहू मोबाइल जेडटीई ब्लेड ए थ्री वाईको स्पेसिफिकेसन तथा फिचरको कुरा गर्दा यसमा ५.५४ इन्चको एचडी फुल भिजन डस्प्ले राखिएको छ । यसको स्क्रिन रेजोलुसन ७२० बाई १४४० पिक्सेल तथा १८ः९ को आस्पेक्ट रेसियो छ ।

एन्ड्रोइड अपरेटिङ सिस्टममा आधारित यो स्मार्टफोन क्याड कोर मिडियाटेक हेलियो ए २२ प्रोसेसरका साथ काम गर्दछ । यसमा दुई जीबी र्‍याम तथा ३२ जीबी इन्टरनल स्टोरेर दिइएको छ ।

स्टोरेजलाई माइक्रो एसडी कार्डको सहयोगमा १२८ जीबीसम्म विस्तार गर्न सकिन्छ । याहू मोबाइल जेडटीई ब्लेड ए थ्री वाई स्मार्टफोनमा २६६० एमएएच क्षमताको ब्याट्री रहेको छ भने फोटोग्राफीका लागि ८ मेगापिक्सेलको रियर क्यामेरा दिइएको छ ।

जुन डुअल एलईडी फ्ल्याश लाइटका साथ रहेको छ । भिडियो कलिङ तथा सेल्फीका लागि यसमा पाँच मेगापिक्सेलको फ्रन्ट क्यामेरा राखिएको छ । साथै प्रयोगकर्ताले यसमा फिंगरप्रिन्ट सेन्सर समेत पाउनेछन् । जसलाई फोनको ब्याक प्यानलमा राखिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०