close

कोरोनाबीच एनसेलले दियो साढे ९ अर्ब बोनस र छुट, ‘न्यू नर्मल’मा नयाँ अभियान

टेकपाना टेकपाना

कात्तिक १९, २०७७ २०:२०

कोरोनाबीच एनसेलले दियो साढे ९ अर्ब बोनस र छुट, ‘न्यू नर्मल’मा नयाँ अभियान

काठमाडौं । कोरोना महामारीले देश आक्रान्त भइरहेको बेलाको असहज परिस्थितिलाई आत्मसाथ गर्दै न्यू नर्मल अथवा नव सामान्यीकरणका साथ अगाडि बढ्न प्रोत्साहन गर्न एनसेलले अभियान थालेको छ ।

कोरोना विरुद्ध विभिन्न कार्यक्रम गर्दै आएको एनसेलले बुधबार साँझ एक शर्ट फिल्म आफ्नो सामाजिक सञ्जालमा सार्वजनिक गर्दै अभियानको घोषणा गरेको हो । 

‘अनपज’ थिममा सुरु भएको यो अभियान एनसेलले ‘आज, भोलि सधैं सँगै’ आफ्नो ब्रान्डको सार अनुरुप संचालन गर्नेछ । यो छोटो फिल्ममा कोभिड महामारी पूर्वको सामान्य जनजीवन, लकडाउन अर्थात् बन्दाबन्दीको अवस्था, असर र अहिलेको विषम परिस्थितिको बेलामा नव सामान्यीकरणका साथ कसरी अगाडी बढ्न सकिन्छ भनेर देखाइएको छ ।

यसै अभियानको पाटोको रुपमा एनसेलले दशैं अगाडि मुभिङ अहेड नामक वेबिनार सिरिज पनि संचालन गरेको थियो । ती वेबिनारमा विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई आमन्त्रित गरी बन्दाबन्दीले दिएका सिकाई तथा अनुभव, नव सामान्यीकरणतर्फको संक्रमणको समय र कोरोनाको संकटका बेलामा कसरी भविष्यको पुनःकल्पना गर्दै अगाडि बढ्न सकिन्छ भनेर बहस गरिएको थियो ।

यो अभियानसँगसँगै एनसेलले पहिले बन्दाबन्दीको बेलामा जस्तै उपभोक्ताका लागि आफ्ना सेवा तथा सुविधामा अफरहरु ल्याउने संकेत समेत गरेको छ । यसअघि नै एनसेलले ‘अघि बढौं’ भन्ने थिममा नारीका लागि विषेश सिम योजना ‘गो सिम’ ल्याइसकेको छ । 

बन्दाबन्दीको बेलामा एनसेलले आफ्ना विभिन्न सेवाको शुल्कमा राहत प्रदान गर्दै सहज र निर्वाध रुपमा सञ्चार सेवामा पहुँच र प्रयोगका लागि योगदान गरेको थियो । 

एनसेलका अनुसार कम्पनीले कोभिडको प्रतिरोधमा विभिन्न सामाजिक कार्य, सेवामा छुट, रिचार्जमा १२० प्रतिशत बोनस लगायतका विभिन्न राहत अफर समेत गरी कुल ९ अर्ब ६४ करोड भन्दाबढी मूल्यको योगदान गरेको थियो । 

एनसेलले हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफसँगको सहकार्यमा कोरोना र जनस्वास्थ्य सम्बन्धी नियमहरुको पालनाका लागि जनचेतना फैलाउने काम गर्दै आइरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०