close

कोभिडबारे जनचेतना फैलाउन सरकार र युनिसेफसँग सहकार्य गर्दै एनसेल

टेकपाना टेकपाना

कात्तिक २०, २०७७ १८:५७

कोभिडबारे जनचेतना फैलाउन सरकार र युनिसेफसँग सहकार्य गर्दै एनसेल


काठमाडौं । दूरसञ्चार सेवा प्रदायक एनसेलले जनमानसमा काेभिड १९ संक्रमण बढिरहेका बेला जनचेतना अभियान सञ्चालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफ नेपालसँग सहकार्य गरेको छ ।

व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत एनसेलले कोरोनाभाइरसबाट बच्न र बचाउन अपनाउनुपर्ने मुख्य उपायबारे जनचेतना फैलाइरहेकाे जनाएकाे छ ।

एनसेलले व्यक्ति व्यक्तिबीच कम्तीमा दुई मिटर दूरी कायम गर्ने, घरबाट बाहिर निस्किँदा अनिवार्य मास्क प्रयोग गर्ने र बेलाबेलामा साबुनपानीले मिचिमिची कम्तीमा २० सेकेण्डसम्म हात धुने सन्देशलाई व्यापकरुपमा फैलाएको प्रेस विज्ञप्तिमा उल्लेख गरेकाे छ ।

यस अभियान अन्तर्गत एनसेलले मास्कको सही प्रयोग, मास्क कसरी लगाउने, कस्तो किसिमको मास्क प्रयोग गर्ने भन्ने लगायतका विभिन्न जान्नै पर्ने जानकारी समावेश गरी कोरोनाभाइरसको संक्रमणबाट बच्न र बचाउन जनचेतना जगाउने कार्य गरिरहेको छ ।

सहकार्यबारे धारणा राख्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले भने, ‘निजी क्षेत्रको एक जिम्मेवार व्यवसायिक नागरिकका रुपमा एनसेलले जनमानस माझ कोरोनाका बारेमा जनचेतना जगाउन र यस महामारी र यसको प्रतिकार्य तयारीका निमित्त सचेत गराउँदै आफ्नो तर्फबाट अभिन्न भुमिका निर्वाह गर्दै आएको छ ।’

उनले अगाडि भने, ‘कोरोना विरूद्ध एनसेलले गरेको योगदान निजी क्षेत्रले आफ्नो विषेशज्ञता, अनुभव, क्षमता तथा दक्षताका आधारमा कसरी सहयोग गर्न सक्छ भन्ने मात्र एउटा उदाहरण हो । नेपाली जनताको सेवा गर्ने हाम्रो प्रतिबद्धतामा कुनै सम्झौता हुँदैन ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोभिड विरुद्धको यस सहकार्यका बारेमा धारणा राख्दै भने, ‘कोरोना महामारीको संक्रमण फैलिरहेको बेलामा यसको नियन्त्रण तथा रोकथामको लागि एनसेलले जनस्वास्थ्य सम्बन्धी जनचेतना फैलाउन पुर्याएको सहयोगको हामी सरह्ना गर्दछौं ।’

त्यस्तै नेपालका लागि युनिसेफका प्रतिनिधि एल्के विस्चले भनिन्, ‘यनिसेफले नेपाल सरकारसँगको सहकार्यमा यस महामारीसँग लड्न काम गरिरहेको छ र एनसेल जस्ता विभिन्न निजी संस्थाहरुसँगको सहकार्यले कोरोना विरूद्धको अभियानमा वास्तवमै ठूलो महत्व राख्दछ ।’

एनसेलले जनस्वास्थ्य सम्बन्धी जनसचेतना अभिवृद्धिमा सहयोग गर्ने प्रतिबद्धताका साथ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।

साथै एनसेलले जनसचेतना जगाउने कार्यका लागि युनिसेफ नेपालसँग पनि समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।

कोरोनाभाइरस विरूद्धको पहल अन्तर्गत नै एनसेलले सरकारको कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा अत्यावश्यक व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), स्वास्थ्य सामग्री, पीसीआर परीक्षण किट किन्न तथा क्वारेन्टाइनका साथै संक्रमित बिरामीको उपचारार्थ रु १० करोड योगदान गरेको थियो ।

यसका साथै कम्पनीले कोभिड–१९ विपद् व्यवस्थापन केन्द्रलाई कन्ट्याक्ट ट्रेसिङमा सहयोग पुर्याउँदै आएको छ र साथै वैशाख २०७७ देखि नै यूएसएसडी सर्वेक्षणबाट कोरोना संक्रमित पत्ता लगाउन पनि मद्दत पुर्याउँदै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०