close

भारतमा सुरु भयो फेसबुक पे, ह्वाट्सएपबाटै भुक्तानी गर्न सकिने

टेकपाना टेकपाना

कात्तिक २१, २०७७ २१:१३

भारतमा सुरु भयो फेसबुक पे, ह्वाट्सएपबाटै भुक्तानी गर्न सकिने

काठमाडौं । फेसबुकले डिलिटल भुक्तानी गेटवेको रुपमा भारतमा फेसबुक पे सुरु गरेको छ । यससँगै भारतीय ह्वाट्सएप प्रयोगकर्ताले ह्वाट्सएपबाटै भुक्तानी गर्न सक्ने भएका छन् ।

यसअघि फेसबुकले यो सेवा पहिलो पटक ब्राजिलमा सुरु गरेको थियो । तर, ब्राजिलको केन्द्रीय बैंकले भने यसरी ह्वाट्सएपले भुक्तानी सेवा सुरु गर्दा बजार बिग्रिने भन्दै सेवा बन्द गरिदिएको थियो

फेसबुकले समय समयमा उक्त सेवा सुचारु गर्न आग्रह गर्दै आएको भएतापनि अझै ब्राजिलमा उक्त सेवा पुनः सुचारु हुन सकेको छैन । यसैबीच फेसबुकले विश्वको दोस्रो ठूलो इन्टरनेट बजार रहेको भारतमा उक्त सेवा सुरु गरेको हो ।

यससँगै भारतमा ह्वाट्सएप ‘सुपर एप’ हुने भएको छ । भारतमा म्यासेजिङको लागि सबैभन्दा बढी प्रयोग हुने एपको रुपमा रहेको ह्वाट्सएपमा पेमेन्ट सर्भिस समेत इन्ट्रिगेट भएसँगै यो एपलाई सुपर एपको रुपमा हेरिएको छ ।

भारतीय ह्वाट्सएप प्रयोगकर्ताले त्यसैबाट आफ्ना आफन्तलाई पैसा पठाउनुका साथै विभिन्न सामान खरिद गरेको पैसा तिर्न सक्नेछन् । ह्वाट्सएपबाट साना व्यवसायलाई सहयोग गर्ने उद्देश्यका साथ फेसबुकले भुक्तानी प्रणाली सञ्चालनमा ल्याइएको जनाएको छ ।

अब ह्वाट्सएप मार्फत फोटो तथा भिडियो शेयर गरे झैं पैसा पनि आदान-प्रदान गर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०