close

सस्तो मूल्यमा शक्तिशाली ब्याट्री सहित दुई नयाँ स्मार्टफोन ल्याउँदै सामसङ

टेकपाना टेकपाना

मंसिर १०, २०७७ १२:४१

सस्तो मूल्यमा शक्तिशाली ब्याट्री सहित दुई नयाँ स्मार्टफोन ल्याउँदै सामसङ

काठमाडौं । सामसङले इन्ट्री लेभलको स्मार्टफोनका रुपमा एकै पटक दुईवटा स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । कम्पनीले ‘ग्यालेक्सी ए१२’ र ‘ग्यालेक्सी ए०२एस’ नयाँ वर्ष २०२१ को सुरुवातमा सार्वजनिक गर्ने मंगलबार जानकारी दिएको हो ।

कम्पनीका अनुसार यो फोन पहिलो पटक स्मार्टफोन प्रयोग गर्न चाहनेका लागि लक्षित गरी सार्वजनिक गर्न लागिएको हो । जसमध्ये ए१२ मोडल कम्पनीले यसअघि सार्वजनिक गरेको ए११ को परिस्कृत भर्सन हो । जसमा ६.५ इन्च एचडी प्लस डिस्प्ले रहेको छ । फोनमा ८ मेगा पिक्सेलका फ्रन्ट फेसिङ क्यामेरा रहेको छ ।

अक्टाकोर प्रोसेसर रहने उक्त फोनको साइडमा फिङ्गरप्रिन्ट सेन्सर रहनेछ । ५ हजार एमएएच क्षमताको ब्याट्री रहने फोनमा ४८ मेगा पिसक्सेलको मुख्य क्यामेरा सहित चारवटा क्यामेरा रहनेछ । ए१२ को तुलनामा ए०२ एस प्रविधिका हिसाबले केही कमजोर रहेको छ ।

दुवै फोनमा एउटै स्क्रिन र ब्याट्री क्षमता एउटै भएतापनि फोन ३ जीबी र्‍याम र ३२ जीबी रोमका साथ उपलब्ध हुनेछ । फोनमा १३ मेगापिक्सेलको मुख्य क्यामेरा सहित तीनओटा क्यामेरा रहेको छ । भने यसमा फिंगरप्रिन्ट सेन्सर पनि नरहेको उल्लेख गरिएको छ ।

हाल प्राप्त जानकारी अनुसार ए१२ (३/३२ जीबी) को मूल्य २५ हजार, (६/१२८ जीबी) को मूल्य २८ हजार रूपैयाँकाे हारहारीमा छ । त्यस्तै ए०२एस (३/३२ जीबी) को मूल्य २१ हजार रूपैयाँको हाराहारीमा उपलब्ध हुने उल्लेख गरिएको छ । यो फोन पहिलो चरणमा युरोपमा र विस्तार अन्य मुलुकमा सार्वजनिक हुने उल्लेख गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०