close

मोबाइल, इन्टरनेट बैंकिङ र वालेटमा कसको छ धेरै प्रयोग ?

टेकपाना टेकपाना

मंसिर ११, २०७७ १२:८

मोबाइल, इन्टरनेट बैंकिङ र वालेटमा कसको छ धेरै प्रयोग ?

काठमाडाैं । पछिल्लो समय डिजिटल भुक्तानीको प्रयोग तीव्र गतिमा विस्तार भइरहेको छ । नेपाल राष्ट्र बैंकले पछिल्लो समय प्रकाशित गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा समेत त्यसको प्रस्ट चित्र देख्न सकिन्छ ।

डिजिटल भुक्तानीमा नेपाल क्लियरिङ हाउसको कनेक्ट आईपीएस सबैभन्दा अगाडि छ । गएको असोजमा मात्रै कनेक्ट आईपीएसबाट ८८ अर्ब ९७ करोड ९० लाख रुपैयाँको कारोबार भएको छ । कनेक्ट आईपीएसपछि भने मोबाइल बैंकिङ रहेको छ ।

जसमार्फत उक्त अवधिमा २८ अर्ब ८० करोड ४० लाख रुपैयाँको कारोबार भएको छ । कारोबार रकमको हिसावले मोबाइल वालेट भने तेस्रो स्थानमा देखिएको छ ।

असोजमा मोबाइल वालेटबाट कुल ९ अर्ब ८८ करोड ३० लाख रुपैयाँको कारोबार भएको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ । कारोबार रकममा पछाडि देखिए पनि कारोबार संख्याको आधारमा भने मोबाइल वालेट नै सबैभन्दा अगाडि छ ।

पछिल्लो एक महिनाको अवधिमा विभिन्न वालेटहरुबाट एक करोड एक लाख ७५ हजार ९६२ वटा कारोबार भएका छन् । यस्तै इन्टरनेट बैंकिङबाट असोजमा ६ अर्ब ३१ करोड ४० लाख रुपैयाँको कारोबार भएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०