close

फुल नेटवर्क हुँदा पनि फोरजी चलेन ? यसो गर्नुहोस्

टेकपाना टेकपाना

मंसिर १२, २०७७ ९:५६

फुल नेटवर्क हुँदा पनि फोरजी चलेन ? यसो गर्नुहोस्

काठमाडौं अहिलको समयमा धेरैजसो प्रयोगकर्ताले फोरजी कनेक्टिभिटी भएका स्मार्टफोन चलाइरहेका हुन्छन् । तर कतिपय समय यस्तो हुन्छ कि मोबाइलमा राम्रो नेटवर्क हुँदा समेत फोरजी डेटा स्पिड प्राप्त भइरहेको हुँदैन ।

यस्तोमा पक्कै पनि त्यसको स्पिड कसरी बढाउने भन्ने एउटा चिन्ताको विषय बनिदिन्छ । त्यसो त अहिले कोरोना भाइरसको महामारी चलिरहँदा बालबालिकाको बढाई अनलाइनबाट भइरहेको छ ।

यस्तोमा फोरजी डेटा नचल्दा उनीहरुलाई कक्षामा जोडिनै मुस्किल परिरहेको हुन्छ । यस्तोमा सामान्यतया एयरप्लेन मोडमा राखेर केही सेकेन्ड पर्खिएर त्यसलाई बन्द गर्नु नै पहिलो विकल्प हो ।

तर यसबाट सधैं काम गर्छ भन्ने छैन । यस्तोमा तपाईंले फोनबाट सिम झिक्नेदेखि नेटवर्क सेटिङलाई रिसेट गर्ने जस्ता केही थप कदम चाल्नुपर्ने हुन्छ ।

आज हामी तपाईंलाई स्मार्टफोनमा फोरजी नेटवर्कको स्पिड बढाउने तरिकाको बारेमा बताउँदै छौं ।

कसरी बढाउने फोरजीको स्पिड ?

  • यदि तपाईंको मोबाइलमा इन्टरनेट स्लो चलिरहेको छ भने सबैभन्दा पहिला तपाईंले आफ्नो फोनको सेटिङ चेक गर्नुपर्ने हुन्छ । त्यसका लागि फोनको सेटिङमा गएर नेटवर्क सेटिङमा प्रवेश गर्नुहोस् ।
  • अब तपाईंले प्रिफर्ड टाइप अफ नेटवर्क (Preferred network type) देख्नुहुनेछ । त्यसभित्र गएर फोरजी वा एलटीई चयन गर्नुहोस् ।
  • साथै इन्टरनेट स्पिडलाई एक्सेस प्वाइन्ट नेटवर्क अर्थात एपीएनले समेत असर पारिरहेको हुन्छ । त्यसैले एपीएन सेटिङमा गएर राम्रोसँग मिले नमिलेको जाँच्नुहोस् ।
  • यस बाहेक फेसबुक, इन्स्टाग्राम, ट्वीटर जस्ता सामाजिक सञ्जालका कारणले समेत इन्टरनेट स्पिड स्लो भइरहेको हुन्छ । किन भन यी एपले डेटाको खपत धेरै मात्रामा गर्दछन् । यस्तोमा सेटिङमा गएर अटो प्ले तथा डाउनलोडलाई बन्द गर्नुहोस् । साथै ब्राउजरमा डेटा सेभ मोड खोल्नुहोस् । यति गरिसकेपछि तपाईंको मोबाइलको डेटा स्पिड अवश्य पनि बढ्नेछ ।
  • त्यसो त क्याश फाइलहरु फोनमा जम्मा हुँदा समेत एन्ड्रोइड स्मार्टफोनहरु स्लो भइरहेका हुन्छन् । जसले गर्दा इन्टरनेट स्पिड समेत प्रभावित भइरहेको हुन्छ । त्यसैले समय समयमा क्याश क्लियर गर्नुहोस्।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०