close

इन्टरनेट पहुँच कुन प्रदेशमा कति ? यस्तो छ सातै प्रदेशको अवस्था

टेकपाना टेकपाना

मंसिर २३, २०७७ २२:२३

इन्टरनेट पहुँच कुन प्रदेशमा कति ? यस्तो छ सातै प्रदेशको अवस्था

काठमाडौं । आजभन्दा दश वर्ष अघिसम्म इन्टरनेट प्रयोग गर्नका लागि हामी साइबर क्याफे धाउने गर्थ्यौं । विदेशमा भएका आफन्तजनसँग बारफोनमा कुरा गर्दा मिनेटकै चर्को अन्तर्राष्ट्रिय शुल्क तिर्नुपर्ने पीडा हामीमध्ये धेरैले भोगेका छौं ।

तर इन्टरनेट आएपछि ओटीटी भ्वाइस तथा भिडियो कल गर्न साइबर क्याफे धाउन थाल्यौं । घण्टाको हिसाबले शुल्क तिरेर साइबर क्याफेमा हामी आफ्नो पालो कुर्थ्यौं ।

तर दश वर्षकै अन्तरालमा प्रविधिले यति चाँडो फड्को मार्‍यो कि आज धेरैको घरघरमा इन्टरनेट पुगिसकेको छ । इन्टरनेट सेवा प्रदायक (आईएसपी) हरुले इन्टरनेट तथा टेलिकम कम्पनीले पूर्वाधार विस्तार गरेसँगै यो सेवा देशभर फैलिँदैछ ।

तथ्याङ्क विभागको सर्वेक्षण अनुसार हालसम्म नेपालका ५१.१ प्रतिशत घरधुरीमा इन्टरनेट सेवाको पहुँच छ । जसमध्ये ५९.२ प्रतिशत शहरी र ३४ प्रतिशत ग्रामीण घरधुरीमा इन्टरनेट पुगेको देखिन्छ ।

जसअनुसार बाग्मति प्रदेशमा सबैभन्दा धेरै अर्थात ६८.७ प्रतिशत घरधुरीमा इन्टरनेट पहुँच पुगिसेकेको छ । यस्तै दोस्रोमा गण्डकी प्रेदशमा ५७. ४ प्रतिशत घरधुरीले इन्टरनेट पुगेको छ ।

तेस्रोमा प्रदेश नम्बर १ छ । जहाँका ५१.३ प्रतिशत घरहरुमा इन्टरनेट सेवा पुगेको छ । त्यस्तै चौंथो नम्बरमा रहेको  लुम्बिनी प्रेदशमा ४६.९ प्रतिशत घर इन्टरनेटसँग जोडिएका छन् । 

पाँचौं स्थानमा रहेको प्रदेश नम्बर २ मा ४४.६ प्रतिशत, छैठौंमा रहेको कर्णाली प्रदेशमा २५.८ र सातौंमा रहेको सुदूरपश्चिम प्रदेशमा २४.३  प्रतिशत घरधुरीमा इन्टरनेटको पहुँच पुगेको तथ्याङ्क विभागले जनाएको छ । नेपाल बहु सूचक क्लस्टर सर्वेक्षणमा देशभरका १२ हजार ६५५ घरधुरी समेटिएका थिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०