close

लाइभ ह्याकिङसँगै शुक्रबार सार्वजनिक हुँदै ‘बगभी’

टेकपाना टेकपाना

पुस ८, २०७७ १५:५०

लाइभ ह्याकिङसँगै शुक्रबार सार्वजनिक हुँदै ‘बगभी’

काठमाडौं । शुक्रबार लाइभ ह्याकिङ अर्थात (लाइभ ह्याकाथन) हुने भएको छ । लाइभ ह्याकिङ कार्यक्रम साइबर सेक्युरिटी कम्पनी सिनिकल टेक्नोलोजीको आयोजनामा शुक्रबार मेरियट होटलमा हुँदैछ ।

मेरियट होटलमा आयोजना हुने सो लाइभ ह्याकाथनमा दुई दर्जनभन्दा बढी टप र्‍याङ्किङ ह्याकरहरु सहभागी हुनेछन् । २४ घण्टाभन्दा लामो समयसम्म चल्ने सो ह्याकाथनमार्फत बगभीमा सुरक्षा लुपहोल पत्ता लगाउन ह्याकरले लाइभ पेनिट्रेसन टेस्ट गर्नेछन् ।

उक्त लाइभ ह्याकाथनसँगै साइबर सेक्युरिटी कम्पनी सिनिकल टेक्नोलोजीले नेपालकै पहिलो बग हन्ट क्राउड सोर्स प्लेटफर्म ‘बगभी’ समेत सार्वजनिक गर्ने उल्लेख गरिएको छ ।

नेपालसहित दक्षिण एशियाली क्षेत्रमा साइबर सुरक्षालाई सस्तो र सहज बनाउन उदेश्यका साथ बगभी प्लेटफर्म सार्वजनिक गर्न लागिएको कम्पनीका संस्थापक नरेश लाम्गादेले बताएका छन् ।

उनका अनुसार दक्षिण एशियाका जुनसुकै कम्पनीले साइबर सुरक्षाका लागि आफ्नो साइट बगभीमा राख्न सक्ने छन् । उक्त प्लेटफर्ममा नेपाल लगायत विश्वका जुनसुकै ह्याकरले पेनटेस्ट गरेर बग पत्ता लगाइ साइट सुरक्षा प्रदान गर्नसक्नेछन् ।

यसरी उक्त प्लेटफर्मको प्रयोग गरी कम्पनीहरुको साइटमा बग पत्ता नलागेको खण्डमा कम्पनीले शूल्क समेत तिर्नुनपर्ने उल्लेख गरिएको छ ।

तर बगभीमा सूचिकृत कुनै पनि कम्पनीको साइटमा भ्यालिडेट बग फेला परेको अवस्थामा उसले इथिकल ह्याकरलाई न्युनतम २५ डलरको रिवार्ड प्रदान गर्नु पर्ने उल्लेख गरिएको छ ।

कुनै पनि कम्पनीले आफ्नो प्रोडक्ट तत्काल सार्वजनिक गर्नुपर्ने अवस्था आएमा कम्पनीले लाइभ ह्याकिङको सुविधा समेत प्रदान गर्ने लाम्गादेले जानकारी दिए ।

सिनिकल टेक्नोलोजीले बगभी सार्वजनिकको तयारी गरिरहेको हुँदा बगभी प्लेटफर्मको सम्भावित कमजोरी फेला पार्न कम्पनीले लाइभ ह्याकाथन आयोजना गरेको हो । उक्त लाइभ ह्याकाथन बग फेला पार्नेले हरेक बग बराबर २० हजार रुपैयाँ प्राप्त गर्ने उल्लखे गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०