close

सामसङको बहुप्रतिक्षित फोन ‘ग्यालेक्सी एस २१’ माघ १ मा सार्वजनिक हुँदै

टेकपाना टेकपाना

पुस १४, २०७७ १३:१४

सामसङको बहुप्रतिक्षित फोन ‘ग्यालेक्सी एस २१’  माघ १ मा सार्वजनिक हुँदै

काठमाडौं । सामङको बहुप्रतिक्षित स्मार्टफोन सामसङ ग्यालेक्सी एस २१ आउँदो जनवरी १४ अर्थात माघ १ गते सार्वजनिक हुने भएको छ । कम्पनीले विश्व बजारमा उक्त फोनको प्रि-अर्डर समेत खुला गरिसकेको छ ।

फोनमा भएका फिचरबारे हालसम्म कम्पनीले कुनै पनि जानकारी दिएको भने छैन । तर पनि विभिन्न स्राेतले उक्त दिन एस २१ र एस २१ प्लस गरी दुई फोन सार्वजनिक हुने जनाएका छन् । दुवै फोनमा २४०० गुणा १०८० को स्क्रिन रिजोलुशन रहेको छ ।

यी फोनमा क्रमश: ६.२ र ६.७ इन्चको डिस्प्ले हुनेछ भने १२० र ६० हर्ज रिफ्रेस रेट प्रदान गरिएको छ । फोनमा तीनवटा क्यामेरा रहेको छ । जसमा ६४ मेगापिक्सेल टेलिफोटो क्यामेरा, १२ मेगापिक्सेलको अल्ट्रावाइड र १२ मेगापिक्सेलको अप्टिकल जुम लेन्स रहेको छ ।

सेल्फीका लागि फोनमा १० मेगा पिक्सेलको क्यामेरा रहेको छ । फाेन मार्फत अल्ट्रा एचडी (8K HD) भिडियो खिच्न सकिने उल्लेख गरिएको छ । यो फोनमा स्न्यापड्रागन ८८८ प्रोसेर रहने छ, जुन फाेन अमेरिकी बजारमा उपलब्ध हुनेछ ।

अन्य बजारमा यो फोन सामसङको एक्सवाइनस २१०० प्रोेसेसरका साथ उपलब्ध हुने जनाइएको छ । ८ जीबी र्‍याम र १२८ र २५६ जीबी रोम अप्सनमा आउने उक्त फोनले फाइभजी नेटवर्क सर्पोट गर्ने जनाइएको छ ।

हालसम्म प्राप्त जानकारी अनुसार एस २१ मा ४००० एमएएच र एस २१ प्लसमा ४८०० एमएएच क्षमताको ब्याट्री रहने छ । जसको नेपाली बजार मूल्य एक लाख २० हजारभन्दा बढी हुने आँकलन गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०