close

आईस्पानमा पहिलो पटक सीईओ पदको व्यवस्था, यस्ता उम्मेदवारले दिन सक्छन् आवेदन

टेकपाना टेकपाना

पुस १६, २०७७ १८:३८

आईस्पानमा पहिलो पटक सीईओ पदको व्यवस्था, यस्ता उम्मेदवारले दिन सक्छन् आवेदन

काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठन इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) ले पहिलो पटक प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदको व्यवस्था गर्ने भएको छ । संघका अध्यक्ष तथा महासचिवसँग नजिक रहेर काम गर्ने गरी उक्त पदमा कर्मचारी माग गरिएको हो ।

सीईओले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम लगायतसँग विभिन्न विषयमा सहकार्य गर्नुपर्नेछ । साथै विभिन्न एजेन्डामा सम्बन्धित निकायसँग लविङ गर्न सक्ने र इन्टरनेट सोसाइटीको विकासमा काम गर्न सक्ने हुनुपर्ने छ ।

आईस्पानको तर्फबाट विभिन्न कार्यक्रम तथा सभामा उपस्थिति हुनुपर्ने, विभिन्न कानून, नियमावली, कार्यविधि लगायतको अध्ययन गरी त्यस विषयमा कार्य समितिलाई जानकारी गराउनुपर्ने लगायतका काममा सीईओकाे भूमिका रहने जनाइएकाे छ ।

त्यसका लागि उम्मेदवार कम्तिमा पनि स्नातक तह उत्तीर्ण भएको हुनुपर्ने, अंग्रेजी र नेपाली भाषामा बोल्न र लेख्नसक्ने हुनुपर्ने सूचनामा उल्लेख गरिएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०