close

असोजदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य

टेकपाना टेकपाना

भदौ २१, २०७८ १२:२७

असोजदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य

काठमाडौं । सरकारले आगामी असोजदेखि सरकारी तथा निजी सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने तयारी गरेको छ ।

सवारी साधनको सम्पूर्ण विवरण डिजिटल प्रणालीमार्फत अनुगमन गर्न लागू गरिएको इम्बोस्ड नम्बर प्लेट वितरण प्रभावकारी हुन नसकेपछि सरकारले असोजदेखि यसलाई अनिवार्य बनाउन लागेकाे हो ।

कोरोना महामारी सुरु भएपछि यसकाे वितरण अनिवार्य गरिएको छैन । विभागका प्राविधिक निर्देशक रामशरण पौडेलले इम्बोस्ड नम्बर प्लेटको प्रभावकारिताका लागि असोजदेखि अनिवार्य गर्ने तयारी भएको जानकारी दिए ।

उनका अनुसार असोजदेखि पहिलाे चरणमा बागमती प्रदेशका सवारीलाई दर्ता, नवीकरण र नामसारी गर्न आउन इम्बोस्ट नम्बर प्लेट अनिवार्य गरिँदै छ ।

विभागले गत २०७४ साल भदौ ५ गतेबाट इम्बोस्ड नम्बर प्लेट वितरण सुरु गरेको थियो ।

तर सर्वोच्च अदालतले २०७४ फागुन १० गते सवारी साधनमा तत्काल इम्बोस्ड नम्बर प्रयोग नगर्न अन्तरिम आदेश दिएपछि वितरण रोकिएको थियो ।

सोही रिटलाई २०७५ मङ्सिर २७ गते सर्वोच्चले खारेज गरेपछि विभागलाई बाटो खुलेको थियो । तर अनिवार्य नगराउँदा यसको कार्यान्वयन प्रभावकारी नभएको निष्कर्ष विभागले निकालेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३