close

मेश वाई-फाईसँगै वर्ल्डलिङ्कले ल्यायो ३०० एमबीपीएस इन्टरनेट

टेकपाना टेकपाना

भदौ २१, २०७८ १९:४९

मेश वाई-फाईसँगै वर्ल्डलिङ्कले ल्यायो ३०० एमबीपीएस इन्टरनेट

काठमाडौं । नेपालकै ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले अहिलेसम्मकै फास्ट इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ । कम्पनीले सोमबार नेपालका लागि बिल्कुलै नयाँ प्रविधि मेश वाई-फाईसँगै ३०० एमबीपीएसको इन्टरनेट प्याकेज सार्वजनिक गरेको हो ।

पछिल्लो समय इन्टरनेट सेवाप्रदायकहरू बीच फास्ट इन्टरनेट प्याकेज ल्याउने प्रतिस्पर्धा चलिरहेको छ । भायानेटले १०० एमबीपीएस गतिको इन्टरनेट प्याकेज सार्वजनिक गरेसँगै क्लासिक टेकले पनि सोही स्पिडको इन्टरनेट प्याकेज सार्वजनिक गरेको थियो ।

लगत्तै त्यसलाई पछाडि पार्दै सिजी नेटले १२० एमबीपीएस गतिको इन्टरनेट सँगै बजारमा ‘इन्ट्री’ मार्‍यो । सीजीलाई पछि पार्दै अर्को निजी सेवाप्रदायक कम्पनी सुबिसुले १५० एमबीपीएसको इन्टरनेट उपलब्ध गराउन सुरु  गरेको छ ।

अन्य सेवाप्रदायक कम्पनीले एकपछि अर्को चुनौति दिँदै गएपछि नेपालकै ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनीको रुपमा रहेको वर्ल्डलिङ्कले सबैलाई माथ खुवाउँदै ३०० एमबीपीएस गतिको इन्टरनेट प्याकेज ल्याएको हो । फास्ट इन्टरनेटका लागि विद्यमान वाईफाई प्रविधि प्रयाप्त नहुने भन्दै कम्पनीले मेश वाईफाई प्रविधि समेत बजारमा ल्याएको छ ।

अन्य देशमा केही वर्षदेखि प्रयोगमा रहेको मेश वाई-फाई प्रविधि नेपालमा भने वर्ल्डलिङ्कले पहिलो पटक सार्वजनिक गरेको हो । मुख्यतः धेरै स्पीड आवश्यक भएका र वाई-फाईमा गुनासो गर्ने प्रयोगकर्तालाई लक्षित गर्दै यस किसिमको प्याकेज र वाई-फाई प्रविधि भित्र्याइएको वर्ल्डलिङ्कले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५