close

रिचार्ज कार्ड किन्नेको संख्या घट्यो

टेकपाना टेकपाना

भदौ २२, २०७८ ९:२१

रिचार्ज कार्ड किन्नेको संख्या घट्यो

काठमाडौं । पछिल्लो समय डिजिटल प्रणालीबाटै मोबाइलमा रिचार्ज गर्नेको सख्या बढेपछि नेपाल टेलिकमकाे रिचार्ज कार्ड किन्नेकाे संख्या घटेकाे छ ।

नेपाल टेलिकमको पछिल्लो विवरण अनुसार कुल रिचार्जको ४२ प्रतिशत विद्युतीय माध्यमबाट हुने गरेको पाइएको छ ।

टेलिकमका प्रवक्ता राजेश जोशीले प्रविधिको प्रयोग बढेसँगै विद्युतीय तरिकाले रिचार्ज अथवा ‘टपअप’ गर्नेको अनुपात बढेको बताए ।

मोबाइल बैंकिङ, डिजिटल वालेट तथा अन्य भुक्तानी माध्यमको प्रयोग बढेसँगै मोबाइल टपअप गर्नेको संख्या पनि बढेको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५