close

खल्तीको १ रुपैयाँमा हवाई टिकट अफर

टेकपाना टेकपाना

भदौ २३, २०७८ १७:४६

खल्तीको १ रुपैयाँमा हवाई टिकट अफर

काठमाडौं । खल्ती डिजिटल वालेटले आफ्ना प्रयोगकर्ताका लागि हवाई टिकटमा नयाँ क्यासब्याक अफर ल्याएको छ । कम्पनीका अनुसार खल्तीमा उपलब्ध जुनसुकै एयरलाइन्सको टिकट बुक गर्दामात्र एक रुपैयाँसम्ममा हवाई टिकट खरिद गर्न सकिने छ ।

यस अफरमार्फत् खल्तीमा उपलब्ध कुनै पनि एयरलाइन्सको टिकट बुक गर्ने हरेक प्रयोगकर्ताले रु. ८०० सम्मको क्यासब्याक पाउनेछन् ।

साथै दैनिक एक जना भाग्यशाली विजेताले मात्र एक रुपैयाँमा हवाई टिकट खरिद गर्न सक्नेछन् । अर्थात् खल्तीले हवाई टिकटको कुल रकमबाट जम्मा एक रुपैयाँ कटौती गरी बाँकी रकम विजेताको खल्ती खातामा ट्रान्सफर हुने जानकारी गराएको छ ।

उक्त अफरमा सहभागी हुन सहभागीले आफ्नो खल्ती केवाईसी भने अनिवार्य भेरिफाइ गराएको हुनुपर्ने छ। खल्ती अकाउन्ट नभएका नयाँ ग्राहकहरूले पनि खल्ती एप डाउनलोड गरी आफ्नो खल्ती केवाईसी भेरिफाइ गरिसकेपछि उक्त अफरमा सहभागी हुन सक्नेछन् । 

यो अफर भदौ २२ गतेदेखि असोज १८ गतेसम्म मात्र लागू हुनेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५