close

सिभिल हस्पिटलमा अनलाइनबाटै डक्टरको समय लिन सकिने, यस्तो छ नयाँ एप

टेकपाना टेकपाना

भदौ २६, २०७८ १५:४२

सिभिल हस्पिटलमा अनलाइनबाटै डक्टरको समय लिन सकिने, यस्तो छ नयाँ एप

काठमाडौं । नयाँ बानेश्वरस्थित सिभिल हस्पिटलमा अनलाइनबाटै डक्टरको समय लिन सकिने भएको छ ।

यसका लागि हस्पिटलले मिदास टेक्नोलोजीको प्राविधिक सहयोगमा सिभिल सर्भिस हस्पिटल अफ नेपाल – बुक अपोइन्टमेन्ट नामक माेबाइल एप सञ्चालनमा ल्याएको छ ।

यसअघि प्रभु पेबाट सिभिल हस्पिटलमा अनलाइन टिकेट खरिद गर्ने व्यवस्था थियो । अब भने सेवाग्राहीलाई थप व्यवस्थित सेवा दिने उद्देश्यसहित हस्पिटलकै नयाँ एप सञ्चालनमा आएको हो ।

अंग्रेजी र नेपाली दुवै भाषामा चलाउन सकिने यस एपमा प्रयाेगकर्ताले सजिलै रजिस्ट्रेसन गरी आफू वा परिवार र साथीभाइका लागि अपोइन्टमेन्ट बुक गर्न सकिने र ई-बैंकिङ, माेबाइल बैंकिङ, खल्ती, कनेक्ट आईपीएस, एससीटी लगायतबाट शुल्क भुक्तानी गर्न सकिने जनाइएको छ ।

साथै एपबाट आफ्ना मेडिकल रेकर्डमा पहुँच राख्न र जुनसुकै बेला प्रयोग गर्न सकिने बताइएको छ ।

एपमा हाल अस्पतालका १२ वटा विभागको सेवा अनलाइनबाट बुक गर्न मिल्ने बनाइएको छ ।

प्रयोगकर्ताले विभागमा उपलब्ध डक्टरको सूची हेरी आफूले चाहेको डक्टर र समय एपबाटै बुक गर्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५