close

सामसङका ‘जेड फोल्ड थ्री’ र ‘जेड फ्ल्पि थ्री’ को प्रि-बुकिङमा उत्साहजनक सहभागिता

टेकपाना टेकपाना

भदौ ३०, २०७८ ११:४८

सामसङका ‘जेड फोल्ड थ्री’ र ‘जेड फ्ल्पि थ्री’ को प्रि-बुकिङमा उत्साहजनक सहभागिता

काठमाडौं । नेपाली बजारमा सामसङका दुई फोल्डेबल फोन ग्यालेक्सी ‘जेड फोल्ड थ्री’ र ‘ग्यालेक्सी जेड फ्लिप थ्री’ फाइभजी स्मार्टफोनको प्रि-बुकिङ्गमा उत्साहजनक सहभागिता भएको कम्पनीले जनाएको छ ।

यी मोडलको प्रि-बुकिङमा ६ दिनमै लक्ष्य हासिल गर्न सफल भएको बताउँदै कम्पनीले अस्थायी रुपमा प्रि-बुकिङ बन्द गर्नुपरेको बताएको छ ।

‘हामीले प्रि-अडर खुल्ला गरेको ६ दिनमै लक्ष्य प्राप्त गरिसकेका थियौैं र अस्थायी रूपमा प्रि-बुकिङ्गलाई स्थगित गर्नु पर्ने स्थिति पनि उत्पन्न भयो । म वास्तवमै हाम्रा ग्राहकहरुको निरन्तर साथ सद्भाव एवं समर्थनको लागि हार्दिक आभार प्रकट गर्न चाहन्छु ,’ सामसङ मोबाइल नेपालका बिजनेस हेड प्रणयरत्न स्थापितले भने ।

उत्पादकत्व वृद्धि एवं मनोरन्जनात्मक फोल्डेबल डिभाइसका रुपमा ‘जेड फोल्ड थ्री’ तथा स्टाइल एवं फङ्सनालिटिको संमिश्रणयुक्त ‘जेड फ्ल्पि थ्री’ ले प्राविधिक रुपमा बजारलाई अझै माथिल्लो तहसम्म पुर्‍याउने कम्पनीकाे विश्वास छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१