close

तीन दिनपछि पहिलो अन्तरिक्ष पर्यटक पृथ्वीमा फर्किए

टेकपाना टेकपाना

असोज ३, २०७८ १६:१५

तीन दिनपछि पहिलो अन्तरिक्ष पर्यटक पृथ्वीमा फर्किए

काठमाडौं । अन्तरिक्षमा पहिलोपल्ट पर्यटकसहित पुगेकाे अन्तरिक्षयान पृथ्वी फर्किएको छ । स्पेसएक्सले पठाएको पहिलो अन्तरिक्ष पर्यटक बोकेको ‘ड्रागन क्याप्सुल’ अर्बिटमा तीन दिन बसेर पृथ्वीमा फर्किएको हाे ।

बुधबार केनेडी स्पेस सेन्टरको ३९ ए प्रक्षेपण कक्षबाट स्पेस एक्स फाल्कन ९ को प्रक्षेपण गरिएको थियो । सो यान पृथ्वीदेखि ५८५ किलोमिटर माथि इन्टरनेशनल स्पेस स्टेशनमा पुगेको थियो ।

ज्यारेड आईज्याकम्यान, सियान प्रोक्टर, ह्याले आर्सन्नाक्स र क्रिस्टोफर सेमब्रोक्सी गरी चार जनाकाे यो टोलीले सफलतापूर्वक अन्तरिक्ष यात्रा पुरा गरेको हाे ।

यात्रामा सहभागी कोही पनि अन्तरिक्षयात्री भने होइनन् । सामान्य मान्छेहरूको टोली रहेको अन्तरिक्षयानमा धेरैजसो सिस्टमलाई अटोमेटिक बनाएर प्रक्षेपण गरिएको थियो ।

नासाका लागि स्पेसएक्सले वार्षिक ६ वटा प्राइभेट यान प्रक्षेपण गर्ने लक्ष्य लिएको छ ।

सो यात्राले क्यान्सरलगायत अन्य रोगको क्षेत्रमा काम गरिरहेको सेन्ट जुड चिल्ड्रेन रिसर्च हस्पिटलका लागि २० करोड अमेरिकी डलर सहयोग उठाने लक्ष्य राखिए पनि १५ करोड ४० लाख अमेरिकी डलर मात्र उठेको छ ।

यसमा एलन मस्कले पाँच करोड अमेरिकी डलर (पाँच अर्ब ८८ करोड रुपैयाँ) आफ्नो तर्फबाट योगदान गरेर संकलित रकम उक्त हस्पिटललाई प्रदान गरिने छ ।

यो यात्रासँगै अन्तरिक्ष अब सबैका लागि भएको कुरा पुष्टि भएको स्पेसएक्सले जनाएको छ ।

साे अन्तरिक्षयात्राको लागि यात्रीहरूले ६ महिनाको तालिम लिएका थिए । अर्बिटमा रहँदा यात्रीहरूले आफ्नो स्वास्थ्य परीक्षण, गीत बजाउने, चित्र कोर्ने लगायतका गतिविधि गरेका थिए ।

साथै उनीहरूले सेन्ट ज्युडमा बिरामीहरूसँग पनि अन्तरिक्षबाट नै कुरा गरेका थिए । त्यस्तै न्यू योर्क स्टक एक्सचेन्जको लागि क्लोजिङ बेल पनि बजाएका थिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१