close

पाँच सय स्थानमा चार्जिङ स्टेसन निर्माणका लागि प्राधिकरणले माग्यो आसयपत्र

टेकपाना टेकपाना

असोज ८, २०७८ १५:२८

पाँच सय स्थानमा चार्जिङ स्टेसन निर्माणका लागि प्राधिकरणले माग्यो आसयपत्र

काठमाडौं । विद्युतीय सवारी साधनको चार्जिङ स्टेसन निर्माणका लागि नेपाल विद्युत प्राधिकरणले प्रक्रिया अघि बढाएको छ । प्राधिकरणले शुक्रबार सूचना जारी गर्दै पाँच सय स्थानमा चार्जिङ स्टेसन निर्माणका लागि आसयपत्र माग गरेको हो ।

यसअघि सरकारले विद्युतीय सवारी साधन प्रवर्द्धन गर्ने उद्देश्यका साथ यो वर्ष देशका ५ सय स्थानमा विभिन्न निजी संस्थाहरूसँग मिलेर चार्जिङ स्टेसन बनाउने निर्णय गरेको थियो । त्यसैका आधारमा प्राधिकरण ५० ओटा चार्जिङ स्टेसन निर्माणको काम यसअघि नै अघि बढाइसकेको छ ।

थप स्थानमा चार्जिङ स्टेसन निर्माणका लागि निजी संस्थासँग आसयपत्र माग गरेको हो । प्राधिकरणका अनुसार चार्जिङ स्टेसन देश भरका राजमार्ग, बसपार्क, सपिङमल, सिनेमा भवन, शिक्षण संस्था, अस्पताल, होटल, रेष्टुरेन्ट लगायतका सार्वजनिक स्थानमा निर्माण हुनेछन् । त्यसका लागि निजी क्षेत्र तथा सार्वजनिक संस्थाहरूसँग सहकार्य गर्न लागिएको प्राधिकरणले जनाएको हो ।

राष्ट्र बैंकले बिहीबार मात्रै पुनरकर्जाको विषयमा नयाँ व्यवस्था गर्दै चार्जिङ स्टेसन निर्माणका लागि ५ प्रतिशत ब्याजमा ऋण उपलब्ध गराउने निर्णय गरेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१