close

फ्रान्सका पाँच मन्त्रीको मोबाइलमा भेटियो जासुसी सफ्टवेयर पेगासस

टेकपाना टेकपाना

असोज ८, २०७८ १६:१

फ्रान्सका पाँच मन्त्रीको मोबाइलमा भेटियो जासुसी सफ्टवेयर पेगासस

काठमाडौं । फ्रान्सका पाँच मन्त्रीको मोबाइलमा ‘पेगासस’ स्पाइवेयर सफ्टवेयर फेला परेको छ । अनुसन्धान संस्था मिडियापार्टले यस विषयमा जानकारी बाहिर ल्याएको हो ।

गार्डियनलगायतका अन्तराष्ट्रिय सञ्चार माध्यमहरूको एक समुहले पेगाससको विषयमा पछिल्लो समय अध्ययन गरिरहेका छन् । त्यही क्रममा दुई महिना अघि उनीहरूले फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोनका साथै  उनका २० क्याबिनेट सदस्यहरूको मोबाइल नम्बर लिक भएको डेटामा फेला परेका थिए ।

सोही नम्बरमध्ये पाँच जना मन्त्रीको मोबाइल पेगासस स्पाइवेयर सफ्टवेयरको सिकार बनेको मिडियापार्टले जनाएको छ । पेगासस सफ्टवेयर इजरायलको एनएसओ साइबर प्रविधि कम्पनीले बनाएको हो । पेगासस एक प्रकारको स्पाइवेयर सफ्टवेयर हो । स्पाइवेयरको अर्थ जासूसी गर्ने सफ्टवेयर भन्ने हुन्छ । जसमार्फत मोबाइलमा हुने कुराकानी सहजै सुन्न सकिने छ ।


पेगाससलाई विश्वकै खतरनाक जासूसी सफ्टवेयर मानिन्छ । यो सफ्टवेयर अहिलेसम्म विकास भएका स्पाइवेयरमा सबैभन्दा शक्तिशाली हो । जसले एन्ड्रोइड र आईओएस दुवै प्रकारका फोनको जासूसी गर्न सक्छ । यसले एकै समयमा अर्बौं मोबाइललाई संक्रमित तुल्याउने क्षमता राख्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१