close

आईफोन थर्टीन् प्रोमा भेटियो हाई रिफ्रेस रेटमा एनिमेसन नचल्ने समस्या

टेकपाना टेकपाना

असोज १०, २०७८ १४:१५

आईफोन थर्टीन् प्रोमा भेटियो हाई रिफ्रेस रेटमा एनिमेसन नचल्ने समस्या

काठमाडौं । गत साता सार्वजनिक गरिएको आइफोन थर्टीन् प्रो र प्रो म्याक्समा १२० हर्जसम्मको रिफ्रेस रेट दिने प्रोमोसन डिस्प्ले प्रयोग गरिएको छ ।

फोन समीक्षकहरूले आइफोन थर्टीन् प्रोमा चल्ने केही थर्डपार्टी एपमा एनिमेसनको रिफ्रेन्स रेट एप्पलले दाबी गरेको जस्तो नभएको पत्ता लगाएका छन् । केही एनिमेसनको रिफ्रेस रेट ६० हर्जसम्म मात्रै भएको पाइएको छ ।

महँगो फोनमा एनिमेसनको सहजता महसुस गर्न चाहेका प्रयोगकर्ताको लागि तत्कालको लागि यो दुःखद खबर भए पनि एप्पलले यसलाई चाँडै सच्याउने प्रतिबद्धता जनाएको छ ।

एप्पलले दुई कारणले यस्तो समस्या आएको हुन सक्ने टिप्पणी गरेको छ । थर्ड पार्टी एपका डेभलपरले राम्रो रिफ्रेन्स रेट हुने गरी एपलाई अपडेट नगरेकाले पनि यस्तो समस्या हुन सक्ने कम्पनीको दाबी छ ।

एप्पलको एनिमेसन प्रविधि प्रयोग गरी तयार पारिएको एनिमेसनमा पनि यस्ता समस्या देखिएकाले यसलाई आगामी अपडेटमा समाधान गर्ने कम्पनीले प्रतिबद्धता जनाएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१