close

शाओमीका यी फोनमा उपलब्ध हुनेछ एन्ड्रोइड १२

टेकपाना टेकपाना

असोज २१, २०७८ ८:१३

शाओमीका यी फोनमा उपलब्ध हुनेछ एन्ड्रोइड १२

काठमाडौं । गुगलले मंगलबार एन्ड्रोइड १२ आधिकारिक रुपमा सार्वजनिक गरेको छ । यसअघिसम्म बेटा भर्सनको रुपमा सार्वजनिक भएको एन्ड्रोइड १२ को फुल भर्सन सार्वजनिक भएसँगै धेरै कम्पनी आफ्ना प्रयोगकर्तालाई नयाँ अनुभव प्रदान गर्नका लागि तयार भएका छन् ।

यसैबीच चिनियाँ स्मार्टफोन कम्पनी शाओमीले पहिलो चरणमा एन्ड्रोइड १२ अपडेट उपलब्ध हुने डिभाइसको जानकारी सार्वजनिक गरेको छ । जसमा एमआई तथा रेडमी सिरिजका स्मार्टफोनहरू रहेका छन् ।

यी हुन् एन्ड्रोइड १२ अपडेट उपलब्ध हुने शाओमीका स्मार्टफोन

एमआई ११
एमआई ११ अल्ट्रा
एमआई ११आई
एमआई ११ एक्स प्रो
एमआई ११ लाइट फोरजी
एमआई ११टी
एमआई ११टी प्रो
एमआई ११ लाइट एनई फाइभजी
रेडमी नोट१० सिरिज

पोको अन्तर्गत

पोको एफ३ जीटी
पोको एक्स३ प्रो
पोको एम३
पोको एम३ प्रो फाइभजी

रेडमी सिरिज अन्तर्गत

रेडमी के३० अल्ट्रा
रेडमी के४० गेमिङ
रेडमी के३० फाइभजी
रेडमी के३०आई फाइभजी
रेडमी के३० फाइभजी रेसिङ
ब्ल्याक शार्क ४ सिरिज
पोको एम२ प्रो
रेडमी के३० अल्ट्रा
रेडमी के४० गेमिङ
रेडमी के३० फाइभजी
रेडमी के३० फाइभजी रेसिङ
रेडमी के३०आई फाइभजी
ब्ल्याक शार्क ३ सिरिज

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१