close

धेरै र्‍यानसमवेयर आक्रमण हुने देशमा चीन चौंथो र भारत छैटौं स्थानमा

टेकपाना टेकपाना

असोज ३१, २०७८ १५:४२

धेरै र्‍यानसमवेयर आक्रमण हुने देशमा चीन चौंथो र भारत छैटौं स्थानमा

काठटमाडौं । पछिल्लो समय विश्वभर एकपछि अर्को गर्दै र्‍यानसमवेयर आक्रमण भइरहेको छ । गुगलको मालवेयर स्क्यानिङ टुल भाइरस टोटलले तयार पारेको एक रिपोर्टअनुसार विशेषगरी माइक्रोसफ्टको विण्डोज अपरेटिङ सिस्टमलाई निशाना बनाउँदै यस्ता आक्रमण हुने गरेका छन् ।

रिपोर्टअनुसार ९५ प्रतिशत आक्रमण निशाना विण्डोज सिस्टम भएर भएका छन् । सो रिपोर्टमा १४० देशमा भएका आठ करोड मालवेयरको अध्ययन गरिएको थियो ।

सन् २०२० देखि अगस्ट २०२१ सम्मका मालवेयर आक्रमणको अध्ययन गरी भाइरस टोटलले प्रतिवेदन तयार पारेको हो ।

अध्ययनअनुसार र्‍यानसमवेयरका मुख्य भेरियन्टमा Grandcrab, Babuk, Cerber लगायत छन् ।

कुल र्‍यानसमवेयर फाइलमध्ये ९३.२८ एक्जेक्युट गर्न सकिने थिए, जुन विशेषगरी विण्डोज सिस्टममा प्रयोग गरिएका थिए । गुगलको क्रोम ओएस भने यो अवधिमा र्‍यानसमवेयर आक्रमणको निशानामा परेन ।

यद्यपि गुगलको मोबाइल अपरेटिङ सिस्टम एन्ड्रोइड २.०९ प्रतिशतसहित धेरै निशानामा पर्ने प्लेटफर्ममध्ये दोस्रो स्थानमा छ । भाइरस टोटलले विभिन्न १४० देशको अनुसन्धान गरी यो तथ्य बाहिर ल्याएको हो ।

यसअन्तगर्त इजरायल सबैभन्दा धेरै र्‍यानसमवेयर आक्रामणको निशानामा पर्ने देश बनेको छ । त्यस्तै दक्षिण कोरिया, भियतनाम, चीन, सिंगापुर, भारत, काजकिस्तान, फिलिपिन्स, इरान र बेलायत क्रमश: दोस्रोदेखि १०औं स्थानमा छन् ।

यो अध्ययनले यी देशमा भएका सबै र्‍यानसमवेयर अट्याकको कुल संख्यामाथि अध्ययन भने गरेको थिएन । मालवेयर स्क्यानिङ टुलले प्राप्त गरेका फाइलका आधारमा यो रिपोर्ट तयार पारिएकाले लाखौं साइबर आक्रमणका घटनाबारे थप विवरण खुल्न बाँकी नै छ ।

याे पनि पढ्नुहाेस्: कसरी हुन्छ र्‍यानसमवेयर आक्रमण ? जोगिन के गर्ने ?

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२