close

गुगल म्यापमा नयाँ विजेट, लोकेशन पत्ता लगाउन अझ सहज हुने

टेकपाना टेकपाना

कात्तिक १, २०७८ १४:३३

गुगल म्यापमा नयाँ विजेट, लोकेशन पत्ता लगाउन अझ सहज हुने

काठमाडौं । गुगलले गुगल म्याप्समा नयाँ अपडेट उपलब्ध गराएको छ । नयाँ अपडेटसँगै एन्ड्रोइड प्रयोगकर्ताका लागि गुगल म्याप्समा नयाँ विजेटसमेत उपलब्ध भएको छ ।

याे फिचरले प्रयोगतर्कालाई नजिकै रहेको स्टोर र सधैं गइरहने स्थानका लागि छोटो बाटो पत्ता लगाउन सहज बनाउने छ । गुगल म्याप्सको नयाँ भर्सन ११.३.० मा यो फिचर फेला परेको हो ।

रेडइट प्रयोगकर्ताले यो विषयमा जानकारी सार्वजनिक गरेका हुन् । उक्त विजेटमार्फत नै प्रयोगकर्ताले आफ्नो घर तथा अफिसको लोकेशनका साथै नजिकै रहेको पेट्रोल पम्प, ग्रोसरी स्टोर, रेस्टुरेन्ट सहजै सेट गर्न सक्नेछन् ।

त्यस्तै उक्त विजेटमा सर्च बार पनि उपलब्ध हुनेछ । जसमार्फत प्रयोकगर्ताले गुगल म्याप्स एप नखोली नै लोकेशन सर्च गर्नसमेत सक्नेछन् ।

यो विजेट यसअघि आईओएसमा उपलब्धजस्तै छ । तर, फिचरको हिसाबले भने नयाँ अपडेटमा थप सुविधा दिइएकाे छ ।

विशेषगरी एन्ड्रोइड १२ लाई लक्षित गरी यो विजेट तयार पारिएको हो । तर, एन्ड्रोइड ११ का प्रयोगकर्तालाई समेत उपलब्ध हुने जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२