close

एक अर्ब नाघ्यो प्ले स्टोरमा टेलिग्रामको डाउनलोड

टेकपाना टेकपाना

कात्तिक १, २०७८ १६:५०

एक अर्ब नाघ्यो प्ले स्टोरमा टेलिग्रामको डाउनलोड

काठमाडौं । मोबाइल तथा कम्प्युटर दुवैमा प्रयोग गर्न सकिने क्रस प्लेटफर्म मेसेजिङ एप टेलिग्रामको डाउनलोड गुगल प्ले स्टोरमा एक अर्ब नाघेको छ ।

एन्ड्रोइड डिभाइसमा मात्रै यो एपको डाउनलोड एक अर्ब नाघेसँगै ह्वाट्सएप, विच्याट जस्ता म्यासेजिङ एपको अर्ब क्लबमा टेलिग्राम पनि सामेल भएको छ । टेलिग्राम प्रोजेक्ट सन् २०१३ मा पाभेल डुरोभले सुरुवात गरेका हुन् । प्रयोगकर्तालाई निशुल्क रुपमा पूर्ण सुरक्षित म्यासेजिङ एप प्रदान गर्ने उद्देश्यका साथ यसको सुरुवात भएको थियो ।

इन्ड–टु–इन्ड इन्क्रिप्सनका साथै विभिन्न सुरक्षा मापदण्ड अपनाएका कारण यो एपलाई पछिल्लो समय ह्वाट्सएप भन्दा पनि सुरक्षित मानिन्छ । साथै टेक्स्ट म्यासेजलाई मल्टिमिडिया फाइलमा परिवर्तन गर्ने, एकै पटक हजार दर्शकका लागि ग्रुप भिडियो कल गर्न सकिने हुँदा पनि यो बढी प्रभावकारी हुँदै आएको छ ।

अझ पछिल्लो सयम यसलाई डार्क वेबको रुपमा पनि हेर्न गरिएको छ । डार्क वेबमा ह्याकरले ह्याक गरेका डेटा सार्वजनिक गर्ने गरिन्छ । यो एप एप्पलको आईओएस डिभाइस, विन्डोज, म्याकओएस, लिनक्स सबैमा उपलब्ध छ । त्यो हिसाबले गुगल प्लेस्टोरमार्फत् भएका १ अर्ब इन्स्टल टेलिग्रामको समग्र इन्स्टल संख्या भने होइन । यो मेसेजिङ एप रुसमा बढी प्रयोगमा छ ।

हालै सार्वजनिक तथ्याङ्क अनुसार रुसमा फेसबुक र ह्वाट्सएपको जोडेर हुने ट्राफिक भन्दा बढी टेलिग्रामको छ । टेलिग्रामको ट्राफिक ६.८ प्रतिशत छ भने फेसबुक र ह्वाट्सएपको जोडेर जम्मा ०.५ प्रतिशत छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२