२०७९, २३ असार बिहिबार   |  
Thursday 7th July 2022

एक घण्टामै ५ लाखले किने रेड्मी नोट ११

Three-strong Redmi Note 11 series debuts, Pro+ brings 120W fast charging

काठमाडौं । साओमीले बिहीवार सार्वजनिक गरेको रेड्मी नोट ११ सिरिजको पहिलो फ्ल्याश सेल सम्पन्न भएको छ । चिनियाँ बजारमा सोमबार भएको सो सेलमा तीन वटा मोडलका पाँच लाख सेट बिक्री भएको छ ।

कम्पनीले दिएको जानकारी अनुसार रेड्मी नोट ११ को बिक्री र रेड्मी नोट ११ प्रो तथा रेड्मी नोट ११ प्रो प्लसको प्रि-अर्डरबाट यो संख्यामा फोन बिक्री भएको हो ।

चिनियाँ बजारमा रेड्मी नोट ११ को मूल्य ११९९ युआन (साढे २२ हजार रुपैयाँको हारहारी) बाट सुरु हुन्छ ।

यसमा मिडियाटेक डाइमेन्सिटी ८१० चिपसेट, ३३ वाट फास्ट चार्जिङ, ९० हर्जको रिफ्रेस रेटसहित ६.६ इन्चको ठूलो एलसीडी डिस्प्ले लगायतका फिचर छन् ।

त्यस्तो यो सिरिजका प्रो भेरियन्टहरुमा शक्तिशाली मिडियाटेक डाइमेन्सिटी ९२० चिप, क्वाड क्यामेरा, १२० वाटको फास्ट चार्जिङ सपोर्ट लगायतका फिचर छन् ।

याे पनि पढ्नुहाेस्: १५ मिनेटमै फुल चार्ज हुने रेड्मी नोट ११ प्रो प्लससहित साओमीका ३ स्मार्टफोन सार्वजनिक

Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team